जीटीए लेवल भेटरन्स फूटबलः रोयल एफसी भेटरन्स च्याम्पियन

photocollage_2022102185922885.jpg

२ अक्टोबरः गितडाब्लिंग भेटरन्सको तत्त्वावधानमा आयोजित जीटीए लेभल भेटरन्स फूटबल टुर्नामेण्टमा सिलगढ़ीको रोयल एफसी भेटरन्स च्याम्पियन भयो। आइतवार स्थानीय खेल मैदानमा भएको फाइनलमा रोयल एफसी भेटरन्सले कालेबुङ भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल दोस्रो हाफमा रघु प्रसादले पेनल्टीबाट छिराए। यस नाइन ए साइड भेटरन्स फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिनापानी दास स्मृति भेटरन्स विनर्स ट्रफी प्रदान गरियो। यसरी नै रनर-अप् हुने टीमलाई अल्बिना काबो स्मृति भेटरन्स रनर-अप् ट्रफी प्रदान गरियो। विजेता टीमका पाल्जोरले प्लेयर अव् द टुर्नामेण्ट र किरण बरुवाले बेस्ट गोलकीपर चयन गरियो। यसरी नै कालेबुङ भेटरन्सका बिनोद बान्तावाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। गत २९ सेप्टेम्बरदेखि शुरु भएको यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *