अण्डर-१४ लीग कम् नक्आउट फूटबलः हिल फूटबल एकाडमी रेड च्याम्पियन

IMG-20221002-WA0158.jpg

२ अक्टोबरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा हिल फूटबल एकाडमी (एचएफए) रेड च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आज भएको फाइनल म्याचमा एचएफए रेड-ले जेआर३२- लाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रेहान गुरुङले २ गोल गरे। यसबाहेक नायोमी गुरुङ, राहुल थापा, अभिकृति छेत्री र अदित्य विश्वकर्माले १-१ गोल गरे। जेआर ३२-बाट एकमात्र गोल रेहान घिसिंगले छिराए।

गत २४ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टमा च्याम्पियन र रनर-अप् हुने दुई टीमलाई ट्रफीको साथमा खेलाड़ीहरूलाई पदक प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा एचएफए रेड-का रेहान गुरुङले प्लेयर अव् द म्याच र रिग्देन तामाङले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। यसरी नै जेआर३२-का रेहान घिसिंगले सर्वाधिक गोलदाताको पुरस्कार जिते। फेयर प्ले ट्रफी साई सुन्दरम स्कूलले हासिल गऱ्यो।फाइनल म्याचअघि गर्ल्स टीमहरूबीच प्रदर्शनी म्याच खेलियो। प्रदर्शनी म्याचमा जेआर३२ गर्ल्सले एचएफए गर्ल्सलाई ३-०-ले पराजित गऱ्यो भनी आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *