सिलगढी: आज सिलगढीमा भव्य रूपमा सिलगढी सांस्कृतिक फुलपाती शोभायात्रा समितिको पहल र भानुभक्त समितिको आयोजनामा विभिन्न सांस्कृतिक झाँकीहरुको साथमा ३१अाै फुलपाती शोभायात्रा निकालिइयो। यस शोभायात्रामा विभिन्न ठाउँका संघ-संस्थाहरूले अंश ग्रहण गरेको थियो। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सिलगढी फुलपाती शोभायात्रा समितिको पहलमा तथा भानुभक्त समितिको आयोजनामा विभिन्न संघ संस्थाहरूको उपस्थितिमा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणबाट नौमती बाजागाजाको साथमा भव्य रूपमा फुलपाती शोभायात्रा निकालिइयो।

विविध झाँकीहरूको साथमा नेपाली समुदायका मानिसहरू आ-आफ्नो भेषभूषामा सजिएर उक्त शोभायात्रामा अंश ग्रहण गरेका थिए। उक्त शोभायात्रा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणबाट शुरू गरेर सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः उक्त स्कुलमा पुगेर समापन गरियो। यस अवसरमा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।