२ अक्टोबरः उत्तर बंगालको शीर्ष फूटबल क्लबहरूमा सामेल युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फूलपातीको अवसरमा आइतवार आफ्ना खेलाड़ीहरूलाई बोनस वितरण गऱ्यो। हरेक म्याचमा टीमको निम्ति मैदानमा आफ्नो शत प्रतिशत दिने खेलाड़ीहरूलाई लिएर यूकेएफसी-को टीम म्यानेजमेण्टले आज एउटा भेटघाट कार्यक्रम आयोजन गऱ्यो।

यस अवसरमा यूकेएफसी-का सचिव विशाल शर्मा, टीम म्यानेजर मेगराज थापा अनि मुख्य प्रशिक्षक उर्गेन लामाको साथमा टीमका कप्तान राज राउतको विशेष उपस्थिति रहेको थियो।
About Author
Post Views: 202