जेनभी विद्यालयको विभिन्न समस्यालाई लिएर सभा आयोजित

IMG-20221001-WA0171.jpg

गान्तोक: जवाहारलाल नबोदया विद्यालयको व्यवस्थापन लगायत विभिन्न विषयमा छलफल गर्न साथै प्रस्ताव ल्याउनको निम्ति आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको निर्देशमा आयोजित सभाको अध्यक्षता महकुमा अधिकारी डीआर विष्टले गरेका थिए भने सभामा सीइओ सागर मोक्तान, लगायत विद्यालयका प्राचार्यको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै प्रचार्य योगेन्द्र सिंहले सभाको मुख्य विषयवस्तुमाथि प्रकाश पारे। उनले विशेष गरेर विद्यालयको पृष्ठभूमी र अहिलेसम्म हासिल गरेको उपलब्धिबारे पनि जानकारी गराए। उनले छलफलमा प्रमुख विषयलाई राख्दै पूर्वाधार विकास, खानेपानीको समस्या, खुला नाला निकास लगायतका विषयमा महत्वपूर्ण सुझाव दिन समितिका सदस्यहरुलाई आग्रह गरे।

सभामा धेरैले सुझाउहरू राखेका थिए जस्तै विद्यार्थीहरूको लागि मनोरञ्जन प्रावधान, राम्रो प्रशिक्षण लागि अपरंपरागत दृष्टिकोणहरू बारम्बार व्यावहारिक अन्तरक्रियात्मक सत्रहरूको खाँचो रहेको आदि समस्यामाथि अवगत गराए। सभामा महकुमा अधिकारी डीआर विष्टले चाँडो भन्दा चाँडो विद्यालय सल्लाहकार समिति गठन गर्नुपर्ने सुझाउ दिँदै आज उठेका समस्याहरूलाई द्रुत समाधानका लागि सम्बन्धित विभागले सम्बोधन गर्ने पनि आश्वासन दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *