युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी फाइनलमा

photocollage_20221012239585.jpg

१ अक्टोबरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा मुम्बई सिटी एफसीले फाइनलमा प्रवेश गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा शनिवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा मुम्बई सिटी एफसी-ले एससी ईष्ट बेंगललाई ३-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट उज्जल महातो, अशोक मुण्डा र शुभम हेम्बरमले १-१ गोल गरे। शुभम हेम्बरमलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ३ अक्टोबरको दिन खेलिने फाइनलमा मुम्बई सिटी एफसी र एटीके मोहन बगानबीच भिड़न्त हुनेछ। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *