अन्तराष्ट्रिय वयोवृद्ध दिवसको पालन

f6aaf9c9-afb9-4638-86c9-b32135d7585d

  बीरपाड़ामदारीहाट खण्ड अन्तर्गत मदारीहाट खण्ड विकास कार्यालयमा आज अन्तराष्ट्रिय वयोवृद्ध दिवसको पालन गरियो| आज मदारीहाट खण्ड विकास अधिकारी सेरोन तामाङको पहलमा अन्तराष्ट्रिय वयोवृद्ध दिवसको उपलक्ष्यमा ८० वर्ष नाघि सकेका चारजना वयोवृद्धहरूलाई सम्मानित गर्‍यो| ती चारजना वयोवृद्धहरूलाई सेरोन तामाङको बाहुलीबाट स्मृति पत्र,प्रमाणपत्र, अनि कलम-डायरी प्रदान गरियो| आमन्त्रित वयोवृद्धहरूमा ८३ वर्षीय कञ्चन सरकार, ८७ वर्षीय दिलीप कुमार महोनता,१०१ वर्षीय मनबाई शर्मा अनि ८४ वर्षीय प्रेम प्रसाद शर्मा उपस्थित थिए|

  आज मदारीहाट खण्ड विकास कार्यालयमा खण्ड विकास अधिकारी सेरोन तामाङ लगायत पञ्चायत समितिका सभापति रोहित विश्वकर्मा,पुर्थो कर्माध्यक्ष रसीदुल आलाम,बीएलओ अर्पना दास गुप्ता आदि उपस्थित थिए| उक्त कार्यक्रम सेरोन तामाङले ती चारजना वयोवृद्धहरूसित भलाकुसारी गरिन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *