कालचिनी- भोलि महासप्तमी एवम् फुलपातीको अवसरमा कालचिनीमा नेपाली गोर्खा जातिको परम्परा र सांस्कृतिक एकता जगाउन फुलपाती शोभायात्रा निकाल्ने तयारी विभिन्न संघ संस्थाहरूले गरिरहेका छन्| यस क्रममा कालचिनी फुलपाती आयोजक समितिको आयोजनामा फूलपाती शोभायात्रा निकालिने आयोजक कमिटीको सचिव रञ्जित प्रधानले जनाएका छन्|
फुलपातीको सॉंझ प्रसिद्ध गायक सेलिब्रिटी पुष्पन प्रधान साङ्गेतिक सॉंझ सम्पन्न हुने भएकोले सम्पूर्ण संगीतप्रेमीहरूलाई कार्यक्रमको आनन्द उठाउने अपिल पनि आयोजक कमिटीको पक्षबाट सचिव रञ्जित प्रधानले गरेका छन्|
About Author
Post Views: 156