सन्तमंगल एकाडमीको रजत जयन्ती समारोह सप्पन्न

मङपु: मङपुको एक शैक्षिक संस्थान सन्तमंगल एकाडमीले २५बर्ष पुरा गरेकोमा आज रजत जयन्ती समारोह विधालय भवनमा भब्यताको साथ पालन गरियो। पुर्व शिक्षक रामकुमार छेत्रीको अध्यक्षता सप्पन्न भएको कार्यक्रममा आईसीएससी परीक्षामा प्रथम दर्जामा उतिर्ण हुने सन्तमंगल एकाडमीका सम्पूर्ण छात्र छात्रालाई समारोहका प्रमुख अतिथि सभासद रतन थापाको बाहुलीबाट स्मृति चिन्ह दिएर सम्मान जनाईयो।यसरी विधालयका भुपु शिक्षक शिक्षिकाहरुलाई गणेश मिश्रको बाहुलीबाट सम्मान जनाईयो भने पत्रकार केशर मोक्तान, राजेश थापा अनि बिशाल राईलाई समारोहको विशिष्ट अतिथि हरिलाल छेत्रीको बाहुलीबाट सम्मान जनाईयो।विधालयका प्राचर्य मन्जीत थापा अनि शिक्षक शिक्षिकागणले संचालन गरेको समारोह विधालयका नानीहरु सुन्दर गीत नृत्य आदि प्रस्तुत गरे।आइसीएसई तहमा सन्तमंगल एकाडमी मङपु लाब्दा समष्टि टपर बन्न सक्षम भएकोमा हर्ष प्रकट गर्दै यस बर्ष देखि विधालय भवन हल निर्माण गर्ने सफल भएको कुरा जनाउँदै रजत जयन्ती कार्यक्रम बर्षभरि नै रह्ने कुरा प्राचार्य थापाले जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *