अण्डर-१४ लीग कम् नक्आउट फूटबलः जेआर३२ र एचएफए रेड फाइनलमा

IMG_20221001_185643.jpg

१ अक्टोबरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा सेमिफाइनल खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो सेमिफाइनल म्याचमा जेआर३२ -ले चैतेपानी एफसी-लाई ४-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट रेहानले ह्याट्रिक गरे। यसरी नै दोस्रो सेमिफाइनल म्याचमा हिल फूटबल एकाडमी (एचएफए) रेड-ले साई सुन्दरम स्कूल (दिलाराम)-लाई ११-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २ अक्टोबरमा खेलिने आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *