धन्यबाद कार्यक्रमको आयोजना

1162cba28418a3eaa344dd62176ffa08-1-1024x538.jpg

नाम्ची: आज नाम्चीको जिल्ला भवनमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरियो।यस धन्यबाद कार्यक्रम अन्तर्गत जिल्ला अध्यक्ष भोटियाले चालकहरूको निम्ति प्रतिक्षालयको पनि उदघाटन गरिन्।
यस अवसरमा जिल्ला अध्यक्ष छिरिङ डेम भोटिया, उपाध्यक्ष भीम लाखे, जिल्लापाल एम भरानी कुमार लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। दुई लाख पचास हजारको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालयमा चालकवर्गको निम्ति विभिन्न प्रकारको सुविधाको व्यवस्था गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष भोटियाले अधिकारीवर्ग, कर्मचारी र अन्य पञ्चायतहरूलाई सुचारु रूपमा सञ्चालन गर्न संयुक्त प्रयास गरेकोमा आभार प्रकट गरिन्। उनले नाम्ची जिल्ला पञ्चायतले आफ्नो बृहत् योजना अन्तर्गत विभिन्न प्रकारको कार्य गरेको जानकारी गराइन्।जिल्ला अध्यक्षले थप जानकारी गराए अनुसार उनले पुरस्कारस्वरूप प्राप्त गरेको ५० हजार रूपियाँ जिल्ला कार्यालयमा अतिथिगृह निर्माणको निम्ति प्रदान गरेकी छन्। सोही प्रकारले जिल्ला पञ्चायतको कोषबाट कोभिड-१९ को महामारीको समयमा नाम्ची अस्पतालालई तीनलाख रूपियाँ सहयोगस्वरूप दिएको अवगत गराइन्। डिसी (नामची) एम. भरणी कुमारले आफ्नो मन्तव्यमा जिल्लाका जिल्ला पञ्चायतहरूसँग काम गर्दाका आफ्ना अनुभवहरू संक्षिप्त रूपमा सुनाए। उनले जिला अधिकारी र अन्य पञ्चायतहरूले जनताको जीवनस्तर उकास्नका लागि वहन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीबारे बताए। उनले हाम्रो देशमा कसरी पञ्चायती राजको विकास भएको छ भनेर रेखांकित गर्दै जनता र समाजलाई सहयोग गर्नका लागि प्राथमिक स्वास्थ्य, प्राथमिक शिक्षा जस्ता सामुदायिक सहयोग निर्माणमा ध्यान दिन पञ्चायतहरूलाई आग्रह गरे।यसै क्रममा जिल्लापाल एम भरानी कुमारले जिल्ला पञ्चायतहरूसँग मिलेर काम गरेको अनुभव बताए। उनले जिल्ला अध्यक्ष साथै पञ्चायतहरूले स्थानीयहरूको हितमा गरिने काम र भूमिकाबारे अवगत गराए। उनको भनाइ अनुसार पञ्चायतराज व्यवस्थाले देशको विकासमा धेरै टेवा पुगेको हुनाले स्थानीय पञ्चायतहरूले समाजको सेवा पुऱ्याउनु पर्ने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *