६ सय लाभार्थीहरुलाई टोकन र चेक प्रदान गरियो

photocollage_2022928204522313.jpg

गान्तोक: सिक्किम राज्यको सोरेङ जिल्लाको दरामदिन समष्टि अन्तर्गत नौवटा जीपीयूका लगभग ६ सय लाभार्थीहरुलाई जीसीआई च्यादरको टोकन र घर मरमत्तिको निम्ति बीस बीस हजार रुपियाँको चेक सोम्बारिया खण्ड विकास कार्यालयमा वितरण गरियो।यस चेक वितरण कार्यक्रममा सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा उपस्थित थिए।यसै गरी सीएलसी अध्यक्ष टीका हाङ सुब्बा, बीडीओ वाङ्दी शेर्पा पनि उपस्थित थिए।यस कार्यक्रममा स्थानीय पञ्चायतगण, पार्टी पदाधिकारीगण र लाभार्थीहरुको उपस्थिति रहेको थियो।पहिलो चरणमा दोदक र बढियाखोप जीपीयूका ११८ घरका लाभार्थीहरु रहेको थियो भने दोस्रो चरणमा सातवटा जीपीयूका ४८२ घरका लाभार्थीहरु रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *