सोरेङ: २९ सेप्टेम्बर २०२२-को दिन गान्तोकमा हिन्दी साहित्य सेवा समितिको आयोजनामा ‘हिन्दी पखवाडा २०२२’ सम्पन्न भयो। दशैँको यस व्यस्तमा विभिन्न सङ्घ-संस्थाहरूद्वारा ‘पखवाडा’ मनाइरहेका हुनाले थोरै सदस्यहरूको उपस्थित रहेको थियो। तर पनि कार्यक्रम फलदायी हुन सकेको आयोजक कमिटि बताउछन्।वर्ष २०१७ मा स्थापित हिन्दी साहित्य सेवा समिति गान्तोकमा स्थापना गरिएको हो।यस समितिले प्रत्येक वर्ष पखवाडा अन्तर्गत काव्य गोष्ठी आयोजन गर्दै आइरहेको छ। यस कार्यक्रममा हिन्दी साहित्य सेवा समितिकी महासचिव कवि मणिका शर्मा, संयोजक कवि रूपा तामाङ, चित्रकार एवं कवि दीपा राई, कवि गोपाल ढकाल र कवि लुइस विष्टले कविता पाठ गरेका थिए।कार्यक्रममा कवि प्रवीण खालिङ, कवि जगन दाहाल र उपाध्यक्ष भक्ति शर्माको पनि उपस्थिति रहेको थियो।
About Author
Post Views: 210