सिकोनको १२औं वार्षिक सभा सम्पन्न

IMG-20220930-WA0182.jpg

पाकिम: सिकोनको १२औं वार्षिक साधारण सभा आज सिक्किम राज्य सहकारी संघ, असम लिङ्गजेको प्रेक्षागृहमा आयोजना गरियो। सभामा वर्ष २०२० देखि २०२२ सम्मको लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षण विवरण, क्यालेन्डर अनुसार तालिमको उपलब्धि र अन्य गतिविधिलगायतका विभिन्न एजेन्डाहरूमाथि छलफल र अनुमोदन गरियो। सभामा संस्थागत स्थायित्व व्यवसाय लगायतका उपनियम संशोधनको प्रस्ताव पनि प्रस्तुत गरिएको थियो।

सभालाई सम्बोधन गर्दै सिकोनका अध्यक्ष एलपी काफ्लेले कोभिड–१९ महामारीको समयमा सिकोनका कर्मचारीले गरेको कामको प्रशंसा गरे। उनले सहकारिता विभाग र मुख्यमन्त्रीलाई सिकोनका सदस्यहरुको वेतन प्रदान गर्नमा सहयोग पुऱ्याएकोमा धन्यवाद दिए। सभामा उपाध्यक्ष टाशी ओङडुप लेप्चा लगायत अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *