नशालु पदार्थ सहित चालक पक्राउ

Hand-Cuff-3

गान्तोक: लाचुङ पुलिसले प्रतिवन्धिक नशालु पदार्थ सहित चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नाम्चेबुङ निवासी सन्तोष शर्माकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी चालक एसके ०१-०८४७ इनोभा वाहन लिएर गइरहेका थिए। पुलिसले वाहनको कागज पत्र जाँच गर्ने क्रममा चालकमाथि शंका लागेपछि आरोपीबाट पुलिसले नशालु पदार्थ फेला पारेको थियो। आरोपी चालकले गोल्ड फल्याग सिग्रेटभित्र ५ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल, ३ वटा विन्डलास विन्सपास्मो फोर्ट फेला पऱ्यो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *