लाइफलाइन सोसियल अर्गानाइजेसनद्वारा दुर्गा पूजाको आयोजन

IMG_20220930_224253.jpg

गोरुबथान (महेश्वर प्रधान): फाफरखेती लक्ष्मी गोलाई नजिक यसपटक पनि लाइफलाइन सोसियल अर्गानाइजेसनले भव्य रुपमा दुर्गा पूजा मनाइरहेका छन्। यस संस्थाले यसपटकको दुर्गा पुजामा सेभ ड्राइभ सेफ लाइफ, से नो टु ड्रग्स र सेभ इन्भाइरोमेन्ट लाई लिएर मनाइ रहेका छन्। लाभा रोडकै छेउमा मण्डप बनाएर मनाइरहेको यस दुर्गा पुजामा संस्थाका सदस्यहरुले प्रत्येक गाडी, बाइक रोकेर सिट बेल्ट लगाएर यात्रा गर्ने, हेलमेट लगाउने फोहोर बाटोमा यत्रतत्र नफ्याँकीदिने अनुरोध गरेको पनि देखियो।पहिलो दिन पुजा पाठ गरियो भने दोस्रो दिन एक सांस्कृतिक कार्यक्रम पनि रहेको बताए।

यस सांस्कृतिक कार्यक्रममा पनि यही तीनवटा थिमलाई लिएर कार्यक्रम गरिने पनि बताएका छन्। यस संस्थाले पोहोर साल र यससाल पनि आफ्नै संस्थाका सदस्यगण तथा वरपरका गाउँघरबाट अर्थ संग्रह गरी पुजा आयोजना गरिरहेको पनि थप बताए।सरकारबाट अनुमोदन पुजाको सहयोग हालसम्म प्राप्त नभएको तर भविष्यमा सो सहयोग प्राप्त होला भनी आफुहरु आशावादी रहेको पनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *