चिया श्रमिकहरूको समस्यालाई ध्यानमा राख्दै हाम्रो पार्टीको केन्द्रीय कमिटिको बैठक सम्पन्न

IMG-20220930-WA0177.jpg

बन्सल ग्रुपको चिया श्रमिकहरूको यस्तो अवस्था हुनमा भागोप्रमो दाही -अजय एडवर्ड

दार्जीलिङ: बन्सल ग्रुपको चिया बगानहरूको समस्याहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टी केन्द्रीय कमिटिको आपतकालिन बैठक दार्जिलिङमा सम्पन्न भएको छ। यहाँको जिमखाना हलमा पार्टी अध्यक्ष अजय एडवर्डले केन्द्रीय कमिटिको आपतकालिन बैठक बोलाएका थिए। आयोजित आपतकालिन बैठकमा हाम्रो पार्टीको केन्द्रीय नेतृत्वहरू एंव केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। दुई घण्टाभन्दा धेर लामो समयसम्म चलेको बैठकमा बन्सल ग्रुप अन्तर्गत पर्ने चिया बगानहरूमा कार्यरत् श्रमिकहरूको बारे चर्चा परिचर्चा गरियो। दार्जीलिङ पार्वतीय क्षेत्रको ८७ वटा चिया बगानहरूमा कार्यरत् चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एक मुष्ठमा वितरण गरिनु पर्छ भन्ने मांगहरू गर्दै आईरहेको दाबी गर्दै हिज विहिबार बन्सल गु़्पको अधिनस्थ १० वटा चिया बगानहरूमा कार्यरत् प्रबन्धकहरूले बगान छोडेर गएको खबर फैलिएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दशैंको मुखमा यसरी बगान बन्द गरेर जानु चिया श्रमिकहरूमाथि ठूलो अन्याय भएको बताउँदै जीटीए चिफ अनित थापाले जीटीए रिलिफ फण्ड बन्द यी चिया बगानहरूमा वितरण गरिदिने आह्वान् गर्दै आईरहेका छन्। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले गत केही दिन अघि सम्पन्न भएको जीटीए सभामा पनि जीटीए चेयरम्यान रिलिफ फण्ड श्रमिकहरूबीच वितरण गरिदिने अनुरोध गरेका थिए साथै उक्त रिलिफ फण्डमा आफ्नो परिवारको पक्षबाट पाँच लाख रूपियाँ थपिदिने घोषणा गरी सकेका छन्। दशैंको मुखैमा बगानको प्रबन्धकहरूले बगान छोडेर गएपछि बन्द यी चिया बगानहरूमा कार्यरत् श्रमिकहरूको घरमा अन्धकार छाएको जनाउँदै जीटीए चेयरम्यान रिलिफ फण्ड अविलम्ब वितरण गरिनु पर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड बारम्बार बताउँदै आई रहेका छन्। पार्टी केन्द्रीय कमिटिको बैठकमा दशैंको मुखमा श्रमिकहरूलाई लथालिङ बनाएर बन्सल ग्रुपले १० वटा बगानहरू बन्द गरेको विरोधमा कानूनी कार्यवाही गर्ने आजको बैठकले निर्णय लिएको अध्यक्ष अजय एडवर्डले बताएका छन्। जीटीए चुनाव अघिदेखि नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र उनको श्रमिक संगठनले एकल काँटे नीति अप्नाउँने हुँदा आजको यस्तो स्थिति सृजना भएको हो भन्ने अध्यक्ष एडवार्डले आरोप लगाएका छन्। चुनावको समयमा बन्सल ग्रुप अन्तर्गतको चिया बगानहरूलाई २०-२५ दिन जति बन्द गर्न लगाएर जिल्लापाल कार्यलयको अधि दैनिक रूपमा धरना प्रदर्षन गर्न लगाए। बन्द अवधिको ज्यालाहरू पनि श्रमिकबर्गले पाएनन। बगान खोल्ने समयमा पनि उनीहरूले एकल काँटे नीति नै अप्नाए।बगान खोल्दा भागोप्रमो अध्यक्ष एंव जीटीए चीफ अनित थापा स्वयम ले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बताए। बन्सल ग्रुप अन्तर्गत १० वटा चिया बगानहरूको आज जो स्थिति भएको छ यसको दाही बन्सल गु्रपसंग संगै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पनि रहेको अध्यक्ष एडवार्डले बताए।दशैंको मुखमा बन्सल ग्रुपको चिया श्रमिकहरूले बोनस पाएको छैन, विगतका रोजी एंव मासिक बेतनहरू पाएका छेन,यी सवै दिलाउने दाहित्व अब भागोप्रमो को हो। यसमा हाम्रो पक्षबाट के कसो गर्न पर्छ त्यो हामी सहयोग गर्न तयार छौ अध्यक्ष एडवार्डसले भने।पहाडको ६० प्रतिषत चिया बगान मालिकहरूले २० प्रतिषत पूजा बोनस दिएकोमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आभार प्रकट जनाए।त्यसरी नै अन्य चिया बगान मालिकहरूले पनि २० प्रतिषत पूजा बोनस दिने अध्यक्ष एडवार्डसले अनुरोध गरयो।पहाडको सवै चिया श्रमिकहरूले २० प्रतिषत पूजा बोनस एक साथ नपाएको खण्डमा हाम्रो पार्टीले दषै नमाउने अध्यक्ष एडवार्डसले बताए।तर यस अवधि हाम्रो पार्टी पहाडको चिया बगानहरूमा जानेछौ तिनले भने। सिन्कोना बगानको निर्देषले विगत साल को तुलनामा भन्दा अझ धेर पूजा दिएकोमा अध्यक्ष एडवार्डसले आभार जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *