एचएचटीडीसीएसएसले पूजा बोनसको मांग गर्दै पान्दाम चिया बगानमा प्रदर्शन

IMG-20220930-WA0110.jpg

दार्जीलिङ: बीस प्रतिशत पूजा बोनसको मांग गर्दै हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघले पान्दाम चिया बगानमा प्रदर्शन गरेका छन्। बन्सल ग्रुपको चिया बगानहरूमा कार्यरत प्रबंधकहरू बगान छोडेर गएको खबर पाउन साथ हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्ड बन्सल ग्रुप अन्तर्गत पर्ने हेप्पी भ्याली चिया बगानमा गएर आफ्नो शरीरको आलो खून निकालेर चियाको बुट्टाहरूमा छर्किने काम गरेको थियो। हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघले बन्सल ग्रुप अन्तर्गत पर्ने पान्दाम चिया बगानमा २० प्रतिशत पूजा बोनस एक मुष्ठमा दिनु पर्ने मांग गर्दै धरना प्रदर्शन गरेका छन्। यस अवधि श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, क्षेत्रीय सभासद जितेन राई लगायत पार्टीको कार्यकर्ता एंव समर्थकहरूको उपस्थिति रहेको थियो। बन्सल ग्रुप अन्तर्गत पर्ने १० वटा चिया बगानहरूमा कार्यरत प्रबन्धकहरूले दशैेको मुखमा बगान छोडेर गएपछि बगानमा कार्यरत श्रमिकहरूलाई धेरै पीर र मक्र्का पर्न गएको छ।

दशैमा चिया श्रमिकहरू को धरमा अध्यारो नहोस भन्ने हेतुले कोरोना संक्रमण कालमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फ्रण्ड को राशी वितरण गरियोस भन्ने मांग हाम्रो पार्टी एंव हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले उठाउँदै आई रहेको छ। पान्दाम चिया बगानमा हाम्रो पार्टी अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले धरना प्रदर्शन गर्दै अविलम्ब जीटीए चेयरम्यान रिलिफ फ्रण्डको राशी बन्द यी चिया बगानहरूमा वितरण गर्नु पर्छ भन्ने जोरदारसंग मांग गरयो।स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले चिया श्रमिकहरूमाथि भई रहेको अन्याय र अत्यचारहरूको विरोध गर्दै अधिबाटै ग्रेनिरिजमा दार्जीलिङ चियाको विक्रीमाथि रोक लगाउने काम गरी सकेका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *