जीटीए लेवल भेटरन्स फूटबल टुर्नामेण्ट २९ सेप्टेम्बरदेखि

IMG-20220928-WA0112.jpg

२८ सेप्टेम्बरः गितडाब्लिंग भेटरन्सको तत्त्वावधानमा जीटीए लेभल भेटरन्स फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो २९ सेप्टेम्बरदेखि शुरु हुने यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिनेछ। यसमा डागापुर भेटरन्स, घूम जोरबंग्लो भेटरन्स, कालेबुङ भेटरन्स, पेदोङ भेटरन्स, रोयल एफसी भेटरन्स, खरसाङ भेटरन्स, मंगपू भेटरन्स र गितडाब्लिंग भेटरन्सको टीम सामेल छ। पहिलो दिन जम्मा चारवटा म्याच खेलिनेछ। त्यसपछि दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरको दिन खेलिनेछ। फाइनल म्याच २ अक्टोबरमा हुनेछ। स्थानीय खेल मैदानमा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिनापानी दास स्मृति भेटरन्स विनर्स ट्रफी प्रदान गरिनछ। यसरी नै रनर-अप् हुने टीमलाई अल्बिना काबो स्मृति भेटरन्स रनर-अप् ट्रफी प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *