दिपावली कपः एमएएफसी, फिक्कल र भीनस एफसी विजयी

IMG_20220927_225809.jpg

२७ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा मंगलवार दुईवटा म्याच खेलियो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको पहिलो म्याचमा एमएएफसी, फिक्कल (नेपाल)-ले एसएफए (सिक्किम)-लाई ३-१-ले पराजित गऱ्यो। यस जीतको साथै एमएएफसी, फिक्कलले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। विजेता टीमका नवराज राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा भीनस एफसी (नेपाल)-ले मानेभञ्ज्यांग एफसी-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका दिनेश लिम्बु (कान्छा)-लाई प्लेयर अव् द म्याच चयन गरियो। यस जीतको साथै भिनस एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *