मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे राज्यका फूटबल खेलाड़ीहरूसँग भेट

IMG-20220927-WA0180.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा सिक्किमको नाम उज्ज्वल बनाउन सफल सिक्किमे फूटबल खेलाड़ीहरू विकास जैरु, निर्मल छेत्री, रबिन गुरुङ, सञ्जु प्रधान अनि निम छिरिङ लेप्चाले भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको यस सौहार्द्रपूर्ण भेट अवधि फूटबल खेललाई राज्यमा अझ बढ़ावा दिन विविध नीति, कार्यक्रमबारे उनीहरूले मुख्यमन्त्री तामाङसँग छलफल गरे। युवा पुस्ताहरूलाई उनीहरूको प्रतिभालाई अझ तिखार्न कसरी सकिन्छ भन्नेबारे चर्चा भयो। यी खेलाड़ीहरूले मुख्यमन्त्री तामाङलाई आ-आफ्नो अनुभव युवा खेलाड़ीहरूलाई निखार्नमा प्रयोग गर्ने वचन दिए। यी अनुभवी फूटबल खेलाड़ीहरूले राज्यका युवा खेलाड़ीहरूलाई उनीहरूको कौशलको विकास साथै प्रतिभालाई पालिस गर्न अहम भूमिका निर्वाह गर्नसक्छन् भन्ने मुख्यमन्त्री तामाङले अपेक्षा गरेका छन्। यस अवधि मुख्यमन्त्री तामाङले राज्य सरकार राज्यमा खेलको विकास गर्न साथै राज्यका प्रतिभाहरूलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय मञ्चसम्म पुऱ्याउन तत्पर रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *