भारतको वृद्धिबारेमा विदेश मन्त्री जयशंकरले सुनाए संयुक्त राष्ट्रमा

भारतीय विदेश मन्त्री एस. जयशंकर l फाइल फोटो

नयाँ दिल्ली: भारतीय विदेश मन्त्री एस. जयशंकरले शनिबार न्यूयोर्कमा भारतको बढ्दो अर्थतन्त्रको बारेमा बोले। जयशंकरले १८औं शताब्दीमा भारतको अर्थतन्त्र विश्वको कुल अर्थतन्त्रको करिब एक चौथाइ रहेको बताए। ‘२०औं शताब्दीको मध्यसम्म दासत्वका कारण भारत विश्वको गरिब देश बन्न पुग्यो तर स्वतन्त्रताको ७५औँ वर्षमा भारत विश्वको ५औँ ठूलो अर्थतन्त्रको रूपमा गर्वका साथ तपाईंको अगाडि उभिएको छ। यति मात्र होइन, हामी द्रुत गतिमा अगाडि बढिरहेका छौं। सन् २०४७ सम्ममा विकसित मुलुक बन्ने लक्ष्य राखिएको छ’, न्यूयोर्कमा आयोजित ‘इण्डियाa@७५: इण्डिया-युएन पार्टनरशिप इन एक्सन’ कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले भने, ‘डिजिटल सार्वजनिक पूर्वाधारमा हाम्रो विकास यसरी डिजाइन गरिएको हो कि कोही पनि पछाडि नछोडियोस्l’ आफ्नो सम्बोधनमा उनले पछिल्लो समयमा खाद्य सुरक्षा प्रणालीलाई डिजिटल प्रविधिले सफलतापूर्वक अपग्रेड गरेको बताए। भारतमा डिजिटल प्रविधिको सहयोगमा ८० करोड मानिसहरूलाई खाद्य सुरक्षाअन्तर्गत राशन उपलब्ध गराइएको छ।

उनले सन् २०४७ सम्ममा भारतलाई विकसित देश बनाउने लक्ष्य रहेको बताए। ‘हामी हाम्रा दुर्गम गाउँहरूमा पनि डिजिटलाइज गर्ने लक्ष्य राख्छौं। त्यसका लागि पनि द्रुत गतिमा काम गरिरहेका छौं। तीन सय अर्ब भन्दा बढीको लाभहरू डिजिटल रूपमा वितरण भइरहेको छ’, उनले भनेl भारतको विकासको बारेमा उनले भने, ‘हामीले दुई अर्ब भन्दा बढी खोप दिएका छौंl’ भारत-संयुक्त राष्ट्र साझेदारीको प्रदर्शन गर्दै उनले भने, ‘भारत यस ग्रहको उज्ज्वल भविष्य सुनिश्चित गर्न संयुक्त राष्ट्रसँगको साझेदारीलाई बलियो बनाउन प्रतिबद्ध छ। हामीलाई संयुक्त राष्ट्र संघको सिद्धान्त र बडापत्रमा पूर्ण विश्वास छ। हाम्रो विचारमा आजको संसार एउटै परिवार होl’ विदेश मन्त्री जयशंकरले युक्रेनमा भएको द्वन्द्वले खाद्यान्न र ऊर्जाको मुद्रास्फीति बढेको बताए। उनले भने, ‘यस कारणले गर्दा यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती भएको छl’ उनले अफगानिस्तानका जनतालाई पनि भारतले खाद्यान्न उपलब्ध गराएको बताए। उनले उज्यालो भविष्यका लागि संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई बलियो बनाउन भारत प्रतिबद्ध रहेको बताए। ‘हामीलाई संयुक्त राष्ट्र संघको सुधार र बहुपक्षीयतामा पूर्ण विश्वास छ। संसार एउटै परिवार हो’, उनले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *