युक्रेनलाई स्वीकार छैन पाकिस्तानी हतियार; शाहबाजलाई रुसको धम्की

00-Putin-Shahbaaz-1

मस्को/इस्लामाबाद: रुस-युक्रेन युद्ध शुरु भएको सात महिना पूरा भएको छ। यति हुँदाहुँदै पनि न रुस हार मान्न तयार छ न युक्रेन झुक्न तयार छ। दुवै देशका परम्परागत हतियार लगभग लोप हुने अवस्थामा छन्। यसका बाबजुद पनि रुस र युक्रेनले सहयोगी राष्ट्रहरूको सैन्य सहायताको आधारमा युद्ध जारी राखेका छन्। केही दिन अघि एउटा रिपोर्टमा नेटो देशबाहेक पाकिस्तानले पनि युक्रेनलाई हतियार आपूर्ति गरेको दाबी गरेको थियो। छिमेकी देश युक्रेन रोमानियामा पाकिस्तानी सेनाका धेरै कार्गो विमान अवतरण गरेको देखिएको छ। अहिले रुसले यी दाबीप्रति कडा प्रतिक्रिया दिएको छ। यदि यी दावीहरूमा कुनै सत्यता छ भने यसले रुस-पाकिस्तान सम्बन्धमा ठूलो प्रभाव पार्ने रुसले जनाएको छ।

वास्तवमा युक्रेन वेपन्स ट्र्याकर नामक ट्वीटर ह्यान्डलले पाकिस्तानले युक्रेनलाई हतियार आपूर्ति गरेको दाबी गरेको छ। युक्रेनमा पाकिस्तानी हतियारका धेरै तस्वीरहरू पनि सार्वजनिक भएका छन्। तीमध्ये पाकिस्तानी आयुध कारखानामा बनेका १२२ एमएम एचई तोपका गोलाहरू थिए। पाकिस्तानले युक्रेनलाई सिधै नदिई रोमानिया हुँदै हतियार ओसारपसार गरिरहेको दाबी गरिएको छ। युक्रेनलाई हतियार आपूर्ति गर्ने सम्झौता पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बवाजाको इंग्ल्याण्ड भ्रमणका क्रममा भएको बताइएको छ। रोमानियाको एयरपोर्ट जहाँ पाकिस्तानी जहाजहरू अवतरण गर्थे, इंग्ल्याण्डको नियन्त्रणमा छ। अब भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले कतै यस्ता हतियार पठाएमा रुस र पाकिस्तानबीचको सम्बन्धमा ठूलो असर पर्ने बताएका छन्। उनले अहिलेसम्मका सबै अपुष्ट समाचार रहेको बताए। ‘मलाई सही जानकारी थाहा छैन। यदि यो पुष्टि भयो भने यसले पाकिस्तान र हाम्रो सम्बन्धलाई असर गर्नेमा कुनै शंका छैन’, उनले भने। यसलाई रुसले पाकिस्तानलाई दिएको प्रत्यक्ष चेतावनी मानिएको छ। यदि पाकिस्तानी हतियारको दाबीमा कुनै सत्यता नभएको भए रुसी कूटनीतिज्ञहरूले कहिल्यै बयान दिने थिएनन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले रुससँग निकटता बढाउन धेरै कदम चालेका थिए। उनी अमेरिका र पश्चिमी देशको वास्ता नगरी रुस पनि गएका थिए। यसै क्रममा रुसबाट पाकिस्तानलाई सस्तो गहुँ र ग्यास निर्यात गर्ने सम्झौता पनि भएको थियो। तर, इमरानले आफ्नो भ्रमणका कारण अमेरिकाले आफूलाई पाकिस्तानी प्रधानमन्त्रीको चौकीबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। यता अर्कोतिर नयाँ प्रधानमन्त्री बनेका शहबाज शरीफले प्रधानमन्त्री बनेपछि ६ महिना भित्र अमेरिकी राष्ट्रपति जो बाइडेनसित भेट गरेर इमरान खानको घाउमा नुन छार्केका छन्, जसले आफ्नो भेट गर्न त टाडाका कुरा फोनमा बातचित गर्नसम्म सकेका थिएनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *