अढ़ाई बर्षपछि भोटाङ प्रवेशद्वार खोलिएकोले दुवै देशका नागरिक हर्षित

22-46-56-Capture2-15.png

कालचिनी: भोटाङको पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि भारत सीमान्तमा रहेको जम्मै भोटाङ प्रवेशद्वार खोलिएपछि दुवै देशको नागरिक आउजाउ गर्न पाउँदा आज भारत भोटाङ सीमान्त सहर जयगाउँ र भोटाङको फुञ्छोलिङ सहरमा प्रायः उत्सवको माहौल देखा परेको थियो। आज विहानदेखि जयगाउँ संलग्न फुञ्छोलिङ भोटाङ गेट अघि भोटाङ प्रवेश गर्न आफन्त भेट्न जान तथा आउन मानिसहरूको घुँईचो लागेको थियो भने आज यस अवसरमा अलिपुरद्वार जिल्ला प्रशासनको निर्देशमा जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा यसको साक्षी बन्न भोटाङ गेट पुगेका थिए।
आजदेखि भोटाङ नरेशको आदेश र भोटाङ प्रशासनको तत्परतामा गेट खोलिएपछि दुवै देशको नागरिक आउजाउ शुरु स्वाभाविक भएको छ।

भोटाङको यस पहललाई जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले साधुवाद जनाउँदै दुवै देशबीचको मधुर सम्बन्ध र आत्मीयता कायम राख्न हरेकपल आफूहरू तयार रहेको र विभिन्न सामाजिक सञ्जालहरूमा दुई देशको मित्रतालाई चोट पुऱ्याउने झुटो कुरा कसैले विश्वास नगरिदिने अपिल समेत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले गरेका छन्।
भोटाङे नागरिकहरूले ३ हजार रुपियाँ भन्दा अधिक मूल्यको क्रय गरे त्यसको कर भोटाङ सरकारलाई तिर्नु पर्ने जुन प्रावधान थियो त्यो पनि भोटाङ सरकारले फिर्ता लिएको निर्णय स्वागतयोग्य रहेको जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जनाएका छन्।

आज अढ़ाई बर्षपछि भोटाङ प्रवेशद्वार खोलिन्दा दुवै देशको नागरिकहरूको आँखामा खुसीको आँसु झल्किएको देखिएको थियो भने एकजना भोटाङे महिला गेट पार भएर जयगाउँतर्फ आउँदा खुसीले रोईपठाएकी थिईन।
यता जयगाउँ व्यावसायी समाजले अब सबै कुरा सामान्य हुने र फेरि जयगाउँ र फुञ्छोलिङ सहरमा रौनकता छाउने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *