नेपालका माउन्टेन बाइकरहरू मिरिक आइपुगे

21-00-46-bik.jpg

मिरिक: छिमेकी देश नेपालका १४ जना माउन्टेन बाइकरहरू विश्व पर्यटन दिवसलाई केन्द्र गरेर सिमान्त पर्यटनलाई विकसित गर्ने उद्देश्यले आज शुक्रबार मिरिक आइपुगे। तिनीहरूलाई मिरिक झील परिसरमा दार्जिलिङ स्यालाम्यानडर टुरिज्म वेलफेयर सोसाइटीका सदस्यहरू अनि मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणीले स्वागत जनाउनको साथै सिमान्त पर्यटन विकास गर्ने विषयमा चर्चा परिचर्चा पनि गरे। यस अवसरमा बोल्दै माउन्टेन बाइकर समूहका आकाश श्रेष्ठले भने, भारत नेपाल सिमावर्ती क्षेत्रमा सिमान्त पर्यटन विकसित गर्ने पर्याप्त सम्भावनाहरू रहेको छ, जसलाई दुवै देशका सरकार पक्षले आ-आफ्नो क्षेत्रमा कार्य गरे सिमान्त पर्यटन विकसित हुनको साथै यहाँका बेरोजगारहरूलाई पनि रोजगारको पर्याप्त अवसर प्राप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *