चिया श्रमिकहरूका पिडासँग आत्मासात गर्दै ग्लेनरिसले दार्जीलिङ चिया बिक्री नगर्ने

IMG-20220923-WA0162.jpg

दार्जीलिङ: चिया श्रमिकहरूको पिडासँग आत्मासात गर्दै दार्जीलिङको ग्लेनरिसले दार्जीलिङ चिया बिक्री नगर्ने घोषणा गरेका छन्। गत केही वर्षदेखि दार्जीलिङ चिया बगानहरूमा कार्यरत् चिया श्रमिकहरूले पाउने पूजा बोनसलाई मालिक पक्षले दुई किस्ता गर्दै दिन्दै आई रहेको छ।मालिक पक्षको यस्तो कार्यलाई श्रमिकहरूले विरोध जनाउँदै आईरहेका छन अनि २० प्रतिशत पूजा बोनस एकै किस्ता दिनुपर्छ भन्ने मांग पनि गर्दै आईरहेका छन्। दार्जीलिङ चिया श्रमिकहरूको पिडासँग आत्मासात गर्दै दार्जीलिङको ग्लेनरिसले दार्जीलिङको चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस नपाएसम्म दार्जीलिङ चिया बिक्री नगर्ने ग्लेनरिसको मालिक अजय एडवर्डले बताएका छन्। उनले यस विषयमा भने, ग्लेनरिस दार्जीलिङको धरोहर हुन भन्दै गत ११० वर्षदेखि दार्जीलिङको ग्लेनरिस निरन्तर रूपमा सचालन हुँदै आईरहेका छन् र यहाँ देश विदेशहरूबाट दार्जीलिङ घुम्न आएका पयर्टकहरू ग्लेनरिसमा एक कप दार्जीलिङ चिया नपिई फर्किन्दैन, पयर्टनको मौसमा दार्जीलिङको ग्लेनरिसमा दार्जीलिङ चियाको चुस्की लिन आउने पयर्टकहरूको घुँइचो लाग्ने गर्छन् तर पानी झरी,चर्को केही नभनी चिया बगानमा खटिने चिया श्रमिकहरूले वर्षमा एक चोटी पाउने पूजा बोनस समेत दुई किस्तामा थोप्नु यो न्यायोचित नभएको बताउँदै जबसम्म चिया बगानका मालिकहरूले श्रमिकहरूलाई २० प्रतिशत पूजा बोनस एकै मुष्ठमा दिन्दैन तबसम्म ग्लेनरिसले दार्जीलिङ चिया बिक्री नगर्ने निर्णय लिएका छौं। उनले अघि भने, ‘दिनभरी खटिएको रोजी दुई सय रूपियाँ भन्दा केही धेर पाउने गर्छन् तर एक कप दार्जीलिङ चियाको मूल्य त्योभन्दा धेर छ। मलाई दार्जीलिङ चियाबाट मुनाफा कमाउनु छैन तर चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एक मुष्ठमा पाएको हुनपर्छ। वर्षभरि खटिएर चिया श्रमिकहरूले पाउने पूजा बोनसको रूपियाँ पैसाले आफ्नो छोरा छोरीहरूले नयाँ लुगा,जुत्ता बनाई दिने,राशन दोकानको बाँकी तिर्ने आदि जस्ता धेरै सपनाहरू साचेका हुन्छन् तर त्यही पूजा बोनस पनि दुई किस्ता दिन्छु भन्दा चिया श्रमिकहरूको मन कति रूईरहेका होलान्। चिया श्रमिकहरूमा हुने अन्याय र अत्याचार अब बन्द हुनपर्छ। यदि कम्पनीले चिया बगान चलाउनु सक्दैन भने जाँदा हुन्छ। चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूसंग मलाई राजनीति गर्नु छैन तर चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एक मुष्ठमा पाउनु पर्छ भन्ने मेरो अडान छ।’
इन्टर नेट, सोसियल मिडियाको समयमा पनि चिया श्रमिकहरूमाथि यति ठूलो अन्याय र अत्याचार भएको देख्दा आफुलाई दार्जीलिङ चिया श्रमिकको खून र पसिनाले लतपत भएको छ भन्नु मन लाग्छ भन्दै अजय एडवर्डले भने,
चिया बगान मालिकहरूलाई नाना भाँती भन्न मलाई मन लाग्दैन,तपाईको ब्यापर विजीनेस फलोस फूलोस तर सालमा एकचोटी श्रमिकह्ररूलाई दिने पूजा बोनस कमसेकम एक मुष्ठमा देउ,यदि दिनु सक्दैनौं भने श्रमिकहरूमाथि भईरहेको अन्याय र अत्यचारको विश्वब्यापी प्रचार प्रसार गर्न बाध्य हुनेछौं। जबसम्म चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एक मुष्ठमा पाउँदैन तबसम्म दार्जीलिङ ग्लेनरिसले दार्जीलिङ चिया बिक्री गर्ने छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *