काबुलको मस्जिद बाहिर विष्फोट हुँदा १४ जनाको मृत्यु

00-Blast-in-Kabul

काबुल: अफगानिस्तानको राजधानी काबुलको एक मस्जिद नजिकै भएको विस्फोटमा १४ जनाको मृत्यु भएको खबर अघि आएको छ। विस्फोटमा परेर चारजनाको घटनास्थलमै मृत्यु भएको समाचार छ। यस महिनाको शुरुमा अफगानिस्तानको हेरात शहरको मस्जिदमा विस्फोट भएको थियो। जसमा एक प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए। पछिल्लो समय अफगानिस्तानमा शुक्रबारको प्रार्थनामा मस्जिदलाई निशाना बनाउने घटना बढेको छ।मस्जिदहरूमा शुक्रबारको प्रार्थनामा बढी भीड हुन्छ। अफगानिस्तानको समाचार वेबसाइट टोलो न्यूजका अनुसार काबुलको वजिर मोहम्मद अकबर खान मस्जिद नजिकै शुक्रबार विस्फोट भएको बताइएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकुरका अनुसार नमाजीहरू मस्जिदबाट बाहिर निस्केका बेला विस्फोट भएको हो। यसले सर्वसाधारणलाई निशाना बनाएको छ। समाचारका अनुसार हाल काबुलमा सुरक्षा बल घटनास्थलमा पुगेको छ र स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

केही प्रत्यक्षदर्शीले टोलो न्युजलाई चुम्बकीय बमबाट विस्फोट गराएको बताए। आपतकालीन गैरसरकारी संस्थाले आफ्नो ट्वीटमा मृत्यु हुनेको संख्या १४ पुगेको जनाएको छ। सेप्टेम्बरको शुरुमा हेरात शहरको गुजरगाह मस्जिदलाई लक्षित गरी यस्तै बम विस्फोट भएको थियो । यस विष्फोटमा चर्चित धर्मगुरु मुजीब उल रहमान अन्सारीको पनि मृत्यु भएको थियो। अन्सारी विगत दुई दशकमा अफगानिस्तानका पश्चिम समर्थित सरकारहरूको आलोचनाका लागि अफगानिस्तानभर चिनिएका थिए। त्यस्तै, अगस्तको मध्यमा काबुलमा प्रार्थनाको क्रममा विस्फोट हुँदा २० जनाको मृत्यु भएको थियो। विस्फोटमा परेर सयौं मानिस घाइते भएको पनि बताइएको छ। विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज केही किलोमिटर टाढा सुनिएको थियो। काबुलमा भएका धेरै विस्फोटमा इस्लामिक स्टेटको भूमिका बाहिर आएको हुनाले यस विस्फोटको पछाडि इस्लामिक स्टेटको हात रहेको विश्वास गरिएको थियो। तालिबान अधिकारीहरूले शुरुदेखि नै अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थिति बन्द गरेका छन्। यसका बाबजुद पनि यो डरलाग्दो आतंकवादी समूहले अफगानिस्तानमा आफ्नो जरा गाडेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *