मंगपू गोल्ड कप १० अक्टोबरदेखि, फिक्स्चर जारी

IMG-20220923-WA0154.jpg

२३ सेप्टेम्बरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजन गरिने मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-को फिक्स्चर जारी गरियो। आयोजक मंगपू युथ क्लबका सभापति मंजय गुरुङले बताएअनुसार, मंगपू जनमैदानमा आउँदो १० अक्टोबरदेखि शुरु हुने यस प्रतिष्ठित टुर्नामेण्टमा यस साल उत्तर बंगाल र सिक्किम मात्र नभएर कलकत्ताको साथमा असम, छिमेकी देश नेपाल र बंग्लादेशका शीर्ष टीमहरूलाई पनि स्थान दिइएको छ। यसरी जम्मा १४ वटा शीर्ष टीमले ट्रफी जित्ने अभियानमा हिस्सा लिनेछ। टुर्नामेण्टको उद्घाटन म्याचमा नेपालको नाइट चेस र गान्तोकको हिमालयन स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने मंगपू युथ क्लबका सचिव विभोर तामाङले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *