क्षेत्रीय सभासद अनोस थापाको पहलमा रोड मरमत्ति कार्य शुरु

IMG-20220923-WA0153.jpg

सोनादा: सोनादा ग्यारेज लाइनको ट्राफिक जामको समस्यामाथि छाइ खोला नजिक ग्रीनहिल प्राथिमक पाठशाला इलाकामा विगत धेरै महिना अघिदेखि पहिले नै बिछ्याइएको टाइल्स उप्केर खाल्डा परेपछि धेरै असुविधा भईरहेको थियो। विशेष रूपमा यसले गर्दा रङमुक, सिडर्स, मुण्डा साथै पचेङ क्षेत्रका वाहनहरुलाई दैनिक चलाचल गर्न धेरै असुविधा भइरहेको थियो। विशेषगरी साना वाहन तथा दुईचक्के वाहनहरुलाई यातायातमा धेर समस्या भइरहेको गुनासो अघि आइरहेको थियो। सोही जनसमस्यालाई बुझेर क्षेत्रीय सभासद अनोश थापाको पहलमा हिजोदेखि चार दिनको लक्ष्य राखेर उक्त सडकको मुख्यतः दुई जग्गा मरमत्ति कार्य युद्धस्तरमा चलिरहेको छ। यस कार्यका लागि सभासद अनोश थापाले सोनादा-पचेङ समष्टि समिति, सोनादा पुलिस चौकी लगायत स्थानीय सचेत पक्ष साथै रङमुक, सिडर्स, मुण्डा सिण्डिकेटसित अगावै कार्य योजना तयार पारेर हिजोदेखि मरमत्ति कार्य थालेका हुन्। सडक मरमत्ति कार्य गुणस्तरको गर्न साथै सुविधाका लागि रङमुक, सिडर्स, मुण्डा साथै पचेङ भेगका गाडीहरु आगामी आइतबारसम्म भालुटारको बाटो भएर चलाचल गरिने व्यवस्था मिलाएको छ।
सडक मरमत्ति कार्यको पहिलो चरणमा मुख्यतः ग्यारेज लाइनदेखि नजिकै ग्रीनहिल प्राथमिक पाठशाला छेउदेखि छाइ खोलासम्म बेहाल बनिरहेको सडक मरमत्ति कार्य चलिरहेको छ भने दोस्रो चरणको कार्य रमितेस्थित गुम्बा इलाकामा बिग्रिएको बाटो मरमत्ति गरिने निधो गरिएको छ। सभासद अनोश थापा स्वयंले आज उक्त मरमत्ति कार्यको स्थलगत निरीक्षण गरेका छन्। यस अवधि उनीसहित समष्टिका अध्यक्ष सोनाम लामा, कोषाध्यक्ष मनकुस राई साथै अन्य प्रतिनिधिहरु पनि उपस्थित थिए। यस अवसरमा पत्रकारहरुसितको कुराकानीमा सभासद अनोश थापाले चारदिन मरमत्ति कार्य चल्ने र जति इलाकाभित्र सवारी साधन ठप्प राखिने भएकोमा क्षमा माग्दै जनसुविधाको लागि गरिएको कार्यलाई सबै पक्षले सहयोग पुर्याइदिने अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *