बीस प्रतिशत बोनसको मांगमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा सह श्रम आयुक्तको कार्यालय घेराऊ अनि ज्ञापन

IMG-20220923-WA0145.jpg

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस २० प्रतिशत गरेर दिने मांगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले खरसाङको सह श्रम आयुक्तको कार्यालय घेराउ गरिएको छ। यसको साथै युनियनले खरसाङको सह श्रम आयुक्तलाई गुनासो पत्र बुझाउने कार्य गरेका छन्। यस कार्यको नेतृत्व भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, श्रमिक संगठनको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामङ लगायत बसन्त थुलुङ र किसान तामङ उपस्थित रहेका थिए। श्रमिकहरूको हित एवं कुनै पनि असुविधा परे भागोप्रमो खरसाड महकुमा समिति पक्षबाट सहयोग गर्न अघि रहन्छ भन्दै खरसाड महकुमा अध्यक्ष सुवास प्रधान, उपाध्यक्ष शंकर राउत, सांगठनिक सचिव गुन्जन शर्मा उपस्थित रहेका थिए भने कार्यालयका अधिकारलाई लिखित अर्जि पत्र चढाइएको छ।

यस अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान र खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले वक्तव्य राखेका थिए। यस विषयमा बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले चियाबारी श्रमिकहरूको हक र अधिकारको लागि हाम्रो ट्रेड युनियनले गरिरहेको कार्यमा हामी पार्टीले पनि साथ र समर्थन गर्दै भेला भएको बताएका छन् । उनले हामी चियाबारी श्रमिकहरूको समस्यामा साथ दिन्छौ र हाम्रो युनियनको साथमा छौं भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *