जीटीए सभामा अनुसूचित जातिलाई आरक्षण दिएकोमा आभार प्रकट

IMG-20220923-WA0143.jpg

खरसाङ: खरसाङको वार्ड नम्बर १० निवासी रवि तोलङ्गीले आज भिडियो जारी गर्दै विगत जीटीए चुनावमा आफुले हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको सामाजिक कार्यहरूलाई देखेर नि:स्वार्थ रुपमा सघाएको तर चुनावपछि कुनै सम्बन्ध नरहेको बताएका छन्। उनले भने, मैले कुनै राजीनामा दिनुपर्छ जस्तो लाग्दैन कारण मैले कुनै नेताबाट झण्डा थापेको होइन र कुनै नेताले मलाई झण्डा दिएको पनि होइन। त्यसैले अब उसो हाम्रो पार्टी र हाम्रो पार्टीको नेताहरूसित मेरो कुनै सम्बन्ध छैन। चुनावको परिणाम आएपछि नै मसित कसैको सम्पर्क थिएन अनि मसित कुनै सम्बन्ध पनि थिएन। रवि तोलङ्गीले एक भिडियो जारी गर्दै गत १९ सेप्टेम्बरको दिन जीटीए सभाले अनुसूचित जातिको लागि आरक्षण गरिदिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिएका छन्। उनले जीटीए चिफ् एक्जीक्युटिभलाई भारतीय गोर्खा नेपाली सार्की समाज समाज खरसाङ महकुमा समितिको सचिवको हैसियतमा धन्यवाद दिएका छन्। यस विषयमा उनले गत समयको जीटीए र दागोपापकालमा पनि अनुसूचित जातिको कुनै आरक्षण थिएन तर यसपाली जीटीएले दिएकोमा आभार प्रकट गरेका छन्। उनले म आगामी नगरपालिका चुनाव र पञ्चायत चुनावमा पनि अनुसूचित जातिको आरक्षण हुनुपर्छ भनी मांग गरेका छन्। उनले खरसाङ नगरपालिकाको चेयरम्यान र भाइस चेयरम्यानमा अहिलेसम्म केवल एकजना त्यो पनि केवल छोटो समयको लागि थिए। त्यसैले अब यसतर्फ पनि जीटीएले ध्यान दिनेछ भनी आशा राखिएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *