कोविड़ सिक्किम: कोरोनाको ९ नयाँ मामिला, १६ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा आज ९ जना कोरोना संक्रमित रोगी फेला परेको र १६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले १ संक्रमित रोगीको मृत्यु पनि भएको विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ३३४ जनाको नमूना जाँच गरेकाेमा गान्तोक जिल्लाबाट ७, गेजिङ जिल्लाबाट ०, नाम्ची जिल्लाबाट १, मंगन जिल्लाबाट ०, सोरेङ जिल्लाबाट ० र पाकिम जिल्लाबाट १ गरि कुल ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या घटेर ७७ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २.६ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४२,७४४ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,१०१ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९६ जना संक्रमितको मृत्यु भइसकेको छ। 

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.