सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत वाहन र डस्टबिन वितरण

c57ff308-5148-4a29-b573-3583403badb5

कालचिनी- जेडीएको पहलमा आज भारत भोटाङ सीमान्त सहर जयगाउँलाई सफा राख्न पाइलट प्रोजेक्टको रुपमा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत ७ वटा फोहोर मैला बोक्ने वाहन सहित २२४० वटा डस्टबिनहरूको हस्तान्तरण गरिएको जानकारी जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले दिएका छन्| आज उक्त कार्यक्रममा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत जेडीएका एईओ भूषण शेर्पा, जेडीए सदस्य तथा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव, एवम् अन्यान्य प्रतिनिधिहरुको एवम् जयगाउँ एसडीपीओ एलटी भोटिया, जयगाउँ एक नम्बर ग्राम पञ्चायत प्रधान कमल पाखरीन,जयगाउँ दुई नम्बर ग्राम पञ्चायत प्रधान छुङकु लामा, जयगाउँ व्यावसायिक संस्थानका प्रतिनिधिहरू बीएल बड़ोदिया, आरएस गुप्ता, सुनिल मोड़ा, सुमन प्रसाद, राकेश पाण्डे, बालचन्द प्रसाद, नवीन शर्मा, पुखराज पाण्ड्या आदिको प्रमुख उपस्थिति रहेको थियो|
जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जयगाउँलाई सफा राख्न अलिपुरद्वार जिल्ला परिषदको सहयोगितामा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत पाइलट प्रोजेक्टको रुपमा जयगाउँमा फोहोर आवर्जन बोक्ने ७ वटा वाहन लगायत सहरको विभिन्न ठाउँहरूमा राख्न २२४० वटा डस्टबिन प्रदान गरिएको र अझै सहरको प्रत्येक गल्लीहरूमा डस्टबिन प्रदान गर्ने र घरको फोहोर आवर्जनलाई उक्त डस्टबिनको प्रयोग गर्न जयगाउँबासीलाई सहयोगिता गर्ने आह्वान पनि गरेका छन्| जयगाउँ भूलनमोड़मा रहेको एउटा डम्पिङ ग्राउन्डमा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत फोहोर आवर्जनलाई प्रसोधन गर्ने सरकारी योजना रहेको पनि जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *