रुकुमपूर्वमा गाडी दुर्घटना; ५ जनाको मृत्यु, १३ जना घाइते

Accident-Rep-Image-1

काठमाडौं: रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला पुलिस कार्यालय रुकुमपूर्वका पुलिस नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उहाँले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए। घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको पुलिस नायब उपरीक्षक डाँगीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ। घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ। नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *