भाजपाका केन्द्रिय सहसभापति दिलीप घोष गंगुटिया चियाबारीमा

5971dd9e-6158-413b-b961-9c9e81b689a8

कालचिनी- भाजपाका सर्वभारतीय सहसभापति तथा मेदिनीपुर सांसद एवं पूर्व राज्य सभापति दिलीप घोष आज आफ्नो दलीय कर्मसूची अन्तर्गत केन्द्रीय लाभकारी योजनाहरूबारे अन्तरक्रिया कार्यक्रम गर्दै हिँड़ने क्रममा अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अधीनस्थ गारोपाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने गंगुटिया चियाबारी गाउँमा आइपुगेका थिए| तिनलाई भाजपा कालचिनी ८ नम्बर मण्डल कमिटीको पक्षबाट न्यानो स्वागत जनाइएको थियो भने गंगुटिया हाटखोलामा भाजपा समर्थक अनि कार्यकर्ताहरूबिच तिनले केन्द्र सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा महिला कल्याण योजनाहरू लागु गरेर महिलाहरूलाई आत्मनिर्भर गर्न कुनै कसर नछोड़ेको बताए| घरमा चुल्हादेखि शौचालयसम्मको केन्द्रीय योजनाहरू उज्वला योजना, शौचालय र अन्य धेरै योजनाहरू लागु गरेर महिला ससक्तिकरणलाई ऊर्जा दिएको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दा आज देशमा सबैले निःशुल्क कोरोना भ्याक्सिन पाएको देशमा मात्र नभएर छिमेकी देशहरूलाई निःशुल्क कोरोना भ्याक्सिन प्रदान गरेको र जानकारी गराए|

तिनले महालय, दुर्गा पूजा, दिपावली उत्सवको मौसम शुरु भएको र चियाश्रमिकहरूले बोनस पाए पाएनन् यसको पनि जानकारी लिन आज आइपुगेको बताए| आज सो अवसरमा दिलीप घोसिसितै भाजपा अलिपुरद्वार जिल्ला सभापति भूषण मोदक, कालचिनी विधानसभा संयोजक आलोक मित्र, पूर्व विधायक तथा एसटी मोर्चाका अलिपुरद्वार जिल्ला सभापति विल्सन चम्प्रामारी, भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा, प्रदिप कुजूर, कृपाशंकर जयसवाल, नारायण लामा आदिको उपस्थिति रहेको थियो| गंगुटियामा उक्त अन्तरक्रिया पश्चात भाजपाका सर्वभारतीय सहसभापति दिलीप घोष अलिपुरद्वार प्रस्थान गरेको थियो भने तिनको प्रस्थान अघि चिया श्रमिकहरूको समस्या लिएर एउटा ज्ञापन साथै गोर्खा ११ जात गोष्ठीका प्रतिनिधिहरूले पनि एउटा ज्ञापन सुम्पिएको थियो| चियाबारीको समस्या लिएर केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलाले यसमाथि काम गरिरहेको र ११ जातगोष्ठीको कुरा धेरै अगाड़ी बढ़ेको बताएका थिए|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *