चियाबारी श्रमिकहरूको बोनस लिएर सिलगढीमा हुने सभामा जोइन्ट फोरमले भाग नलिने

IMG-20220920-WA0155.jpg

दार्जीलिङ: भोलि २१ सेप्टेम्बरको दिन राज्यको श्रममन्त्री मलय घटकको उपस्थितिमा सिलगढीमा हुन गईरहेको बोनस विषयको सभामा दार्जीलिङ पहाडको सातवटा राजनीतिक दलको श्रमिक संगठन जोइन्ट फोरमका प्रतिनिधिहरुले सहभागिता नजनाउने भएको छ। अाज दार्जिलिङमा सातवटा राजनैतिक पार्टीहरूको ट्रेड युनियनहरूको सभा सम्पन्न भएको थियो। उक्त सभामा पारित विभिन्न प्रस्तावहरू विषयमा आज जोइन्ट फोरमको नेतृत्वहरूले दार्जिलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन बोलाएर सदैव पहाड़को चियाबारी श्रमिकहरूको बोनस विषयमा सभा पहाड़मा नै हुने गरेको तर २०१७ देखि यो प्रथा सिलगढीतिर सारिएर कम प्रतिशतमा बोनस दिनु पर्ने कुरामा सहमति गरिने प्रथा शुरु गरिएको छ। तर हामी पहाड़को चियाबारी श्रमिकहरूको बोनस विषयको सभा पहाड़मा नै हुनु पर्ने मांग गर्दै जोइन्ट फोरमका ट्रेड युनियनको प्रतिनिधिहरूले भोलि सिलगढीमा हुने सभामा भाग नलिने निर्णय लिएको हिल जोइन्ट फोरमका प्रतिनिधि एंव डीटीडीपीएलयु केन्द्रीय अध्यक्ष सुरज सुब्बाले बताएका छन्। उनले भोलि सिलगढीमा हुने भनिएको बोनस विषयको सभामा जुनै पार्टीको ट्रेड युनियनको प्रतिनिधिहरू गएपनि चियाबारी श्रमिकहरूको बोनस बीस प्रतिशत नै लिएर आउनुपर्छ भनी मांग गरेका छन्। पत्रकार सम्मेलनलाई सुनिल राईले पनि सम्बोधन गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *