श्रम विभागका मन्त्री लोकनाथ शर्माद्वारा परिचयात्मक एवं अन्तरक्रियात्मक सभा

IMG_20220919_231614.jpg

गान्तोक: आज सोकेथाङमा फार्मा कम्पनी, जलविद्युत परियोजना र डिस्टिलरीहरूका प्रमुख र एचआरहरूसॅंग राज्य श्रम विभागका मन्त्री लोकनाथ शर्माले परिचयात्मक एवं अन्तरक्रियात्मक सभा गरे। यस अवसरमा श्रम विभागका सल्लाहकार मनोज प्रधान, चेयरपर्सन गंगा परसाई, सचिव नम्रता थापा, विशेष श्रम आयुक्त डीएस कुंवर आदि पनि उपस्थित थिए।
बैठकमा हालैमा विभिन्न वर्गका कर्मचारीहरूका लागि संशोधित न्यूनतम पारिश्रमिक, श्रमिकहरू र प्रतिष्ठानहरूको पञ्जीकरण विषय चर्चा गरियो। मन्त्री शर्माले सबै कम्पनीहरूलाई सक्रिय सहभागिता र न्यूनतम ज्याला सम्बनधी अधिसूचना कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गरे। उनले सबै कम्पनीहरूमा गुनासो निवारण समिति गठन गर्न बल दिए। यसै गरी, उनले कम्पनीहरूलाई निर्धारित समयसम्म बक्यौता जारी गर्न आह्वान गरे।बैठकमा कम्पनीहरूले पनि हालैमा जारी गरिएको न्यूनतम ज्याला सम्बन्धी अधिसूचनालाई स्वागत जनाए। सचिव थापाले अन्तरक्रिया सत्रमा कम्पनीका प्रतिनिधिहरूले उठाएका विषयहरूलाई सम्बोधन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *