गेल चियाबारीमा गेट मिटिङ २० प्रतिशतको दरले बोनसको माग

IMG_20220919_161755.jpg

टिस्टा भेल्ली: दसैको बोनस २० प्रतिशतले पाउनु पर्छ भन्ने माग गर्दै आज बिहान दार्जिलिङको टिस्टा भेल्ली टी कम्पनी अधिनस्थ गेल चिया बारी कारखाना परिसरमा भागोप्रमो को श्रमिक संगठन एचटीडीपीडब्ल्यूयू-ले गेट मिटिङको आयोजना गर्यो। गेल कमान शाखाका श्रमिक संगठन नेता एसएम सुब्बाको नेतृत्वमा गरिएको उक्त गेट मिटिङमा कमानका सम्पूर्ण श्रमिकहरू लगायत स्टाफ तथा सव स्टाफहरूको उपस्थिति रहेको थियो। भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाको श्रमिक संगठन एचटीडीपीडब्ल्यूयू केन्द्रिय समितिको निर्देश अनुसार नै आजदेखि गेट मिटिङको आयोजना गरिएको बताइएको छ।जबसम्म मालिक पाक्षले दसैको बोनस २० प्रतिशतको दरले (एकेएै किस्तीमा वितरण गर्दैन तबसम्म श्रमिक संगठनले बिहान ८ बजेदेखि १ बजेसम्म धरना प्रदर्शन जारी राख्ने बारे चियाबारीका प्रबन्धकलाई पत्राचार गरिसकेको शाखा श्रमिक संगठनका अध्यक्ष एसएम सुब्बाले जानकारी गराएका छन्। आजको धरना प्रदर्शन कार्यक्रम अवधि प्रतिनिधित्व गर्दै गेल चियाबारी एचटीडीपीडब्ल्यूयू का अध्यक्ष एसएम सुब्बा, सचिव जीवन पाण्डे, शरद थापा, सुनिल तामाङ, बिनोद प्रधान, प्रणेश तामाङ लगायत कमानका चपरासी कामदारी अनि श्रमिकहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *