३१औं नेपाली भाषा मान्यता दिवस: राज्यपाल गंगा प्रसादद्वारा बधाई एवं शुभकामना

file-1.jpg

गान्तोक: ३१औं नेपाली भाषा मान्यता दिवसको शुभ अवसरमा सम्पूर्ण भारत र विश्वभरिका नेपाली भाषीहरूलाई सिक्किमका राज्यपाल गंगा प्रसादले हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘भाषा कुनै पनि संस्कृतिको जीवन रेखा हो र मानव सभ्यताको उन्नतिको मूल आधार हो। भाषा नै मनुष्य सामाजिक प्राणी हुनुको सबैभन्दा ठूलो प्रमाण हो र भाजपाको सहयोगद्वारा नै समाजको निर्माण हुन्छ।’
उनले अझ भनेका छन्, ‘हामी सबैले आफ्नो मातृ भाषामाथि गर्व गर्नु पर्छ र आफ्नो परिवारसॅंग, आफ्नो समुदायमा र अन्य अवसरहरूमा मातृ भाषाकै प्रयोग गर्नु पर्छ। साथै, आफ्नो भाषा र परम्परालाई बचाएर राख्दै अन्यहरूका भाषा र संस्कृतिको पनि सम्मान गर्नु पर्छ।’ यस अवसरमा राज्यपालले सबैलाई समाजमा मित्रता, भाइचारा र सद्भावना स्थापित गर्न आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *