टुक्राखासलाई जोड्ने संयोजन पुलको विधिवत उद्घाटन

IMG-20220819-WA0238.jpg

वीरपाडा: वीरपाडास्थित टुक्रा खासमा नव निर्मित पुलको उद्घाटन गरियो| टुक्राखासलाई अप्पर लाइन हुँदै वीरपाडा बजार अनि लङ्का रोडलाई जोड्ने उक्त पुलको उद्घाटन गरियो| जुन पुललाई संयोजन नाम दिएको बारे अप्पर लाइन-टुक्राखासका ग्राम पञ्चायत सदस्य दिवस छेत्रीले बताएका छन्| धेरै दिनदेखि माग रहेको पुलको निर्माण पश्चात उक्त क्षेत्रका मानिसहरूमा खुशी देख्न पाएको छ| आज जन्म अष्टमीको पवित्र अवसरमा उक्त पुलको विधिवत रूपमा पुजा पाठ सम्पन्न गरि उद्घाटन गरियो| लगभग २० लाख रूपियॉं लागतमा उक्त संयोजन पुलको निर्माण हुनसकेको बताए| जसमा वीरपाडा १ नम्बर ग्राम पञ्चायत अन्तर्गत १५ औं आर्थिक कोषबाट दुइप्रकारको कोष मिलाएर कुल ४५ लाख रूपियॉं अनि स्वयम पञ्चायत सदस्य दिवस छेत्रीले व्यक्तिगतरूपमा २८० लाख रूपियॉं तथा क्रमैले समाजसेवी प्रकाश छेत्रीले ७० हजार रुपियॉं व्यक्तिगत रूपमा सहयोग गरेका दिवस छेत्रीले बताए|
पुल निर्माण रकममा अभाव देखिन जादॉं स्थानीय विशिष्ट व्यक्तित्वहरू, सेनामा कार्यरत सेना तथा अन्य सहयोगीहरूले पनि आर्थिक, शारीरिक सहयोग दिएका थिए भने त्यो चार महिनाको पुल निर्माण अवधि सर समान बोक्नलाई कतिले जमिन दान दिएका छन् भने कतिले ट्रयाक्टर आदि वाहनसम्म दिएको तिनले बताए| प्रायः पुल निर्माणमा सम्पूर्ण ग्रामवासीहरूको पनि सहयोग अनि योगदान रहेको तिनले बताए| आज उक्त पुलको उद्घाटन समाजसेवी बद्रीनारायण शर्मा अनि मदारीहाट खण्ड तृणमूल कङ्ग्रेसका सभापति जयप्रकाश टोप्पोको बाहुलीबाट रिबन काटेर गरियो| अतिथिको रूपमा मदारीहाट वीरपाडा पञ्चायत समितिका सभापति रोहित विश्वकर्मा,जसिन्ता लाकडा जिल्ला परिषद सदस्य, अलोक मैत्र, राजीव मुखर्जी, विजयकुमार सिंह, आमोदकुमार सिंह, सिबी प्रधान, ओमप्रकाश छेत्री लगायत कार्यक्रममा विभिन्न समाजसेवी अनि विभिन्न दलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *