डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति ग्रामीण पुस्तकालयको उद्घाटन

IMG_20220819_223213.jpg

नाम्ची: आज डा. शोभाकान्ति थेगिम (लेप्चा) को नाममा नामाकरण गरिएको डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति ग्रामीण पुस्तकालयको उद्घाटन पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत तादोङ रिञ्चेन्पोङ ग्राम प्रशासन केन्द्रमा डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मारक, गान्तोकका अध्यक्ष डुप छिरिङ लेप्चाको बाहुलीबाट गरियो। यस अतिरिक्त, नयाँ ग्राम पञ्चायत भवनको उद्घाटन पनि क्षेत्र विधायक कर्म सोनाम लेप्चाको बाहुलीबाट गरिएको छ।
आजको यस उद्घाटन कार्यक्रममा उत्कृष्ट सेवा पुऱ्याएबापत् ग्रामीण विकास विभाग/पञ्चायती राजका सहायक निर्देशक डीकवीर गुरूङ अनि आफ्नी धर्मपत्नीको स्मृतिमा स्थापना गरेर नेपाली साहित्यमा पुऱ्याएको सेवा र योगदानको यथोचित् मूल्याङ्कन गर्दै डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मारक, गान्तोकका अध्यक्ष डुप छिरिङ लेप्चालाई अभिनन्दन पत्रद्वारा सम्मान जनाएको छ।
पञ्चायत सभापति दिलमाया गुरूले आफ्नो स्वागत सम्बोधनमा यसो भनिन्, “हामीले साहित्य र सर्जकहरूलाई सम्मान जनाउने उद्देश्य लिएर साथै विद्यार्थी नानीहरू लगायत अन्य जनसाधारणहरूमा पुस्तक पढ्ने आदत रहोस् भनेर यो पुस्तकालयको स्थापना गरेका हौं।” यस अवसरमा, ग्राम पञ्चायत एकाईलाई अनुदानस्वरूप जमीन दान गरेबापत् जमीनदाताहरू अटलबहादुर गुरूङ, देवीप्रसाद गुरुङ, योगेन्द्रप्रसाद गुरूङलाई स्मृति चिन्हद्वारा सम्मान जनाइयो। यसैगरी, ग्राम पञ्चायत भवन निर्माण गर्ने ठेकादार गौरीमाया पौड्याल, पुस्तकालय निर्माण गर्ने ठेकादार सीबी गुरूङ अनि कवि सबिन राईलाई सम्मान जनाइयो।
सम्बोधनको क्रममा डुप छिरिङ लेप्चाले ग्राम पञ्चायत एकाईले गरेका आजसम्मकै उत्कृष्ट र उदाहरणीय कार्य रहेको बताए। ग्राम पञ्चायत एकाईका सम्पूर्ण परिवारलाई हार्दिक बधाई एवं शुभकामना पनि व्यक्त गरे। उनले सो पुस्तकालयलाई ट्रस्टको पक्षबाट १०० वटा पुस्तक अनि केही सहयोग राशि पञ्चायत सभापति दिलुमाया गुरूङलाई हस्तान्तरण गरे।
उनले पुस्तकालय निर्माण गरेर मात्र हुँदैन, तर पुस्तक पढ़िदिने पाठक हुनुपर्छ, विद्यार्थी हुनुपर्छ भने। पाठकबिना पुस्तक र पुस्तकालयको केही मूल्य र महत्व नरहने उनले बताए। भविष्यमा पनि सो पुस्तकालय निरन्तर रूपमा सञ्चालन गर्न उनले अनुरोध पनि गरे। कार्यक्रममा क्षेत्र विधायक कर्म सोनाम लेप्चा, एसकेएम पार्टीको क्षेत्र प्रभारी फुर्बा छिरिङ भोटिया, जिल्ला उपाध्यक्ष अशोक कुमार गुरूङ, महकुमा अधिकारी (गेजिङ) सन्तोष आले, बीडीओ कलुक प्रमीला गुरूङ आदिको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *