आठवटा स्ट्रेचर दुर्गम बक्साद्वार पहाडवासीहरुलाई प्रदान

0a-db8261d0-6177-4f66-94c0-5b7a90d26e1a

कालचिनी: कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाडवासीहरुको निवेदन र असुविधालाई ह्रदयांगम गर्दै शुक्रबार कालचिनी खण्डको समाजसेवी पासङ लामाले आठवटा स्ट्रेचर प्रदान गरे। गएको केही दिन अघि मात्र बक्साद्वार बासिन्दाहरुले रोगीहरुलाई आपतकालिन बेलामा गाउँबाट तल वाहन पुग्ने जीरो प्वाइन्ट गोलाईसम्म पुऱ्याउन स्ट्रेचर बाहेक अन्य कुनै विकल्प नभएकोले स्ट्रेचरको आवश्यकता रहेको कुरा गरेका थिएl यसैलाई प्रमुखता दिएर समाजसेवी पासङ लामाले दुर्गम बक्साद्वार पहाडका बासिन्दाहरुको सुविधाका लागि आठवटा स्ट्रेचर प्रदान गरिएको बताएका छन्।

विशेषगरी विश्व मानवता दिवसको अवसर पारेर यी स्ट्रेचरहरु बक्साद्वार पहाड बासिन्दाहरुका लागि कुनै राजनैतिक स्वार्थबिना प्रदान गरिएको उनले बताएका छन्l ‘समाजसेवा गर्दा व्यक्तिगत स्वार्थ राखेर कहिले हेर्नु हुँदैन’, पासाङ लामाले भने। बक्साद्वारका गाउँलेहरुले पनि रोगीहरुलाई अस्पताल लैजान बाटो नभए पनि यो स्ट्रेचरले कम्ती मान्छेको सहयोगितामा रोगीलाई वाहनसम्म पुग्न मदत पुग्ने भएको र जिल्ला प्रशासन ब्लक प्रशासनले सुविधाको निम्ति पालकी एम्बुलेन्स दिए पनि उक्त पालकी एम्बुलेन्स उचाल्न धेरै मान्छे लाग्ने र गह्रौ भएकोले स्ट्रेचर नै त्यसको तुलनामा सुविधा भएकोले यसले राहत पाउने जनाएका छन्। स्ट्रेचर प्रदान गरेकोमा पासङ लामाप्रति हार्दिक आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *