कार भीरबाट तल झर्दा चालकसहित दुइजनाको मृत्यु

Accident-Rep-Image-1

जलपाइगढ़ी: माल महकुमाको नगरकट्टामा आज एउटा कार भीरबाट तल झर्दा चालकसहित दुइजनाको मृत्यु भएको छ। यस दुर्घटनामा एक व्यक्ति घाइते भएको खबर छ। मृतकहरूको पहिचान चालक गणेश गोन्ड (२३) र विशाल गोप (१९) को रूपमा गरिएको छ। घाइते व्यक्तिको नाम राहन उराउँ बताइएको छ।
जानकारीअनुसार, नगरकट्टा चियाबारीदेखि बजारतिर गइरहेको एउटा कार नगरकट्टाको चम्पागढी क्षेत्रमा अनियन्त्रित भएर भीरदेखि तल खस्यो। कारमा तीनजना सवार थिए। स्थानीय मानिसहरूको सूचनामा पुलिसले घटनास्थलमा पुगेर मानिसहरूको सहयोगले घाइतेहरूलाई सुल्कापाड़ा ग्रामीण अस्पताल पुऱ्यायो। चिकित्सकहरूले चालक समेत दुइजनालाई मृत घोषित गरे। त्यही घाइते राहन उराउँलाई प्राथमिक उपचारपछि मालबजार सुपर स्पेशलिटी अस्पताल रेफर गरिएको छ। पुलिसले कार जफत गरी अघिको कारबाही शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *