हामीले असल ह्दय भएको नेता पाएकाछौः मन्त्री एमएन शेर्पा

IMG-20220819-WA0237.jpg

गान्तोक: भूतपूर्व मन्त्री आरबी सुब्बाले आज रुम्बुकस्थित निजी निवासमा लगाए एसकेएम पार्टीको झण्डा।

स्मरण रहोस्, आबी सुब्बाले १० अगस्त २०२२ जोरथाङ खेलमैदान एसकेएम पार्टीका जन उन्मुक्ति दिवसमा आफ्नो समर्थकहरूसहित एसकेएम पार्टीमा सामेल भएका थिए। आज दरादिन समष्टिका क्षेत्र विधायक एवम् मन्त्री एमएन शेर्पाको उपस्थितिमा रुम्बुकस्थित सुब्बाको निजी निवासमा एसकेएम पार्टीको झण्डा लगाएका हुन्।आजको कार्यक्रम पार्टीको झण्डा लगाउनु साथै समष्टिका सीएलसी सदस्य लगायत जिल्ला स्तरीय, ब्लक स्तरीय सदस्यहरुसँग परिचय आदान-प्रदान गर्न रहेको थियो। यस कार्यक्रममा मन्त्री एमएन शेर्पा मुख्य अतिथि रुपमा उपस्थिति थियो भने उनको साथमा स्टेट ब्याङ्क अफ सिक्किमका अध्यक्ष डीबी गुरुङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सामेल हुने युवाहरुले कार्यक्रममा बोल्दै एसडीएफ पार्टीमा युवाहरूको भविष्य नरहेको जमिन स्तरमा काम गर्ने युवालाई भोट ब्याङको लागि पार्टीको झण्डा र ढुङ्गा मुढा गर्नमा मात्र सिमित राखेको गुनासो पोखे। एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको समावेशी राजनीति, पार्टीको नीति र सिद्धान्त हेर्दा युवाहरूको भविष्य एसकेएम पार्टीमा छ भन्ने महसुस भएर निःस्वार्थ पार्टीमा सामेल भएको बताएका छन्। मन्त्री शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्षको समावेशी सोच भएको कारण पार्टीका कर्याकर्ताहरुले नयाँ पुरानो नछुटाइ काम गर्ने आग्रह गरे। पार्टी हाम्रो आमा हो भन्ने भावनाले पार्टीलाई सेवा दिएर दरमदिन समष्टिलाई नमुना बनाउन एक भएर अघि बढ्ने नयाँ सदस्यहरुलाई मन्त्रीले अपील गरे। जति पनि सहुलियत वितरण गर्दा वार्ड स्तरीय अनि ब्लक स्तरीयका सदस्यसँग छलफल गरि कुनै पार्टी नछुटाइ पाउनुपर्ने गरीब जनतालाई दिएको मन्त्रीले बताए। मुख्यमन्त्रीले गरीब जनता बिमारी अनि दुखमा छ भनी घरमा गएर गुनासो सुन्ने आदेश भएकोले पार्टी ब्लक,वार्ड अनि समष्टि स्तरीयका सदस्यले घरघरमा गएर उनीहरूको गुनासो शनिबार र आइतबार पार्टी कार्यलयमा ल्याइदिने मन्त्रीले आग्रह गरेका छन्। सोरेङ जिल्लामा परिणत भएपछि अहिले जनतालाई धेरै सुविधा पाएको भन्दै दरमदिन समष्टिको जनताको तर्फबाट राज्यका मुख्यमन्त्री महोदय धन्यवाद दिए। एसकेएम सरकारले तीन बर्षको अवधिमा शिक्षा,स्वास्थ अनि समाजिक क्षेत्रमा धेरै बिकासमुलक कार्य गरेको जानकारी गराए। हामीले असल हृदय भएको मुख्यमन्त्री पाएका छौं। हाम्रो पार्टी अध्यक्षको कार्यक्रम अनि परिकल्पनालाई साकार बनाउन समावेशी भित्र रहेर काम गर्नुपर्ने सुझाव राखेका थिए। अन्तमा मन्त्री शेर्पाले पार्टीको नीति र सिद्धान्त अनि पार्टीको कार्यक्रम मन पराएर एसकेएम पार्टीमा सामेल हुने सम्पूर्ण सदस्यलाई स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *