राज्यपालद्वारा रानीपुलमा राज्यस्तरीय सहकारी भारती कार्यालयको उदघाटन

IMG-20220819-WA0235.jpg

गान्तोक: राज्यका राज्यपाल गंगा प्रसादले आज रानीपुलमा निर्माण गरिएको राज्यस्तरीय सहकारी भारती, सिक्किम शाखा कार्यालयको उदघाटन गरे। उक्त संस्थाले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले समाजको निर्माण हुते आफ्नो कार्यलाई अघि बढाउँदै राज्यको कुनाकुनामा सहकारिता आन्दोलनलाई पुऱ्याउनु पर्ने आग्रह गरे।

यस संस्थाको सम्बर्धन र संरक्षम गर्दै राज्य र देशको अर्थ व्यवस्थालाई अधिक मजबुत बनाएर समाजको विकास गर्नु पर्ने सुझाउ दिए। यस अवसरमा राज्यका सफल उद्यामीहरूलाई राज्यपालले सम्मान पनि जनाए। हामी नौकरी नखोजेर नौकरी दिने दिशामा कार्य गर्नुपर्ने सुझाउ दिए। हामी नौकरी दिने अवस्थामा पुगेपछि मात्र देशको अर्थ व्यवस्था मजबुत भएर जाने उनले थप जानकारी गराए। सोही अवसरमा गाउँमा गवर्नर कार्यक्रमको केही झलकहरू प्रस्तुत गरियो। उक्त कार्यक्रम अन्तर्गत गाउँमा पुगेर गाउँका मानिसहरूसँग भेट गर्दै उनीहरूको समस्याबारे जानकारी लिनु रहेको छ। राज्यपाले उक्त योजना अन्तर्गत धेरै वटा दुर्गम क्षेत्रमा पुगेर त्यहाँको समस्या समाधान गरिसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *