सिक्किममा मत्स्य पालन तालिम केन्द्र स्थापना गर्नुपर्ने मन्त्री नेपालले उठाए माग

IMG-20220819-WA0234.jpg

गान्तोक: राज्यका कृषि मन्त्री लोकनाथ नेपालले दिल्लीमा आयोजित ९औं नेशनल एग्रीकल्चरल साइन्स कम्पलेक्सको सभामा सिक्किम राज्यको तर्फबाट सहभाहगिता जनाए। उक्त सभाको अध्यक्षता केन्द्रीय मन्त्री परसोत्तम रूपालाले गरेका थिए। बैठकमा पीएमएमएसवाईको मार्गनिर्देशनलाई आधारभूत आवश्यकता अनुरूप सुधार गर्न आवश्यक पहलबारे छलफल गरियो। मन्त्री लोकनाथ नेपालले आफ्नो सम्बोधनमा सिक्किम राज्यसँग सम्बन्धित विभिन्न मुद्दाहरूको बारेमा चिन्ता व्यक्त गरे। उनले पूर्वोत्तर राज्यमा स्थानको उपलब्धता अनुसार योजना लागू गर्न सजिलो पार्न अध्यक्षलाई अनुरोध गरे। उनले पीएमएसएसवाई अन्तर्गत विभिन्न प्रकारको उत्पादन गतिविधिहरू समावेश गर्न पनि आग्रह गरे। उनले कृषक तथा अधिकारीहरुको तालिम र क्षमता अभिबृद्धिका लागि थप कोष उपलब्ध गराउनको साथै राम्रो कार्य सम्पादन गर्ने राज्य तथा विदेश भ्रमणको समेत अनुरोध अपील गरे। उनले सिक्किमा मत्स्य पालनको निम्ति तालिम केन्द्र स्थापना गर्न थप आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *