दिल्लीको मीना बजारबाट एक हवाला एजेन्ट पक्राउ

0-IMG_20220819_194653

नयाँ दिल्ली: दिल्ली पुलिसको स्पेशल सेल र जम्मू-कश्मीर पुलिसको संयुक्त अपरेशनमा दिल्लीको मीना बजारबाट एक हवाला एजेन्टलाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपी लश्कर र अल बद्रजस्ता आतङ्की संगठनहरूलाई हवालाको माध्यमले रकम उपलब्ध गराउने गर्थ्यो। स्पेशल सीपी एचजीएस धालीवालले शुक्रबार जानकारी गराएअनुसार आरोपीको पहिचान ४८ वर्षीय मोहम्मद यासीनको रूपमा गरिएको छ। आरोपीबाट सात लाख रूपियाँ नगद साथै एउटा मोबाइल बरामद गरिएको छ। आरोपीले केही दिनअघि कश्मीरको एक आतङ्कीलाई १० लाख रूपियाँ ट्रान्सफर गरेको थियो, जुन पछि आतङ्की गतिविधिहरूको निम्ति प्रयोग गरियो। अहिले आरोपीसित सोधपुछ जारी छ। स्पेशल सीपीअनुसार केंद्रूय एजेन्सीहरू र जम्मू-कश्मीर पुलिसबाट ठोस सूचना प्राप्त भएको थियो कि मीना बजारमा आतङ्कवादी गतिविधिहरूमा लिप्त एक व्यक्ति छ। सूचना पाएपछि एक टीमको गठन गरियो अनि बिहीबार आरोपीलाई उक्त क्षेत्रबाट पक्राउ गरियो।

जाँचमा थाहा लागेअनुसार आरोपी आतङ्कवादी संगठन लश्कर र अल बद्रको निम्ति हवाला लेनदेनमा एक एजेन्टको रूपमा काम गरिरहेको थियो। १७ अगस्तमा आरोपी मोहम्मद यासीनले लगभग १० लाख रूपियाँ जम्मू-कश्मीरमा आतङ्कवादी गतिविधिहरूमा उपयोगको निम्ति आतङ्की अपरेटर अब्दुल हामिद मीरलाई दिएको थियो। यस सम्बन्धमा जम्मू-कश्मीर पुलिसले प्राथमिकी संख्या ३७/२०२२ अन्तर्गत मामिला दर्ता गऱ्यो। त्यसपछि जम्मू-कश्मीर पुलिसले जम्मू बस स्ट्याण्डबाट अब्दुल हमीद मीरलाई पक्राउ गऱ्यो। सोधपुछमा अब्दुल हमीद मीरले मोहम्मद यासीनबारे बतायो। जसपछि जम्मू-कश्मीर पुलिसले दिल्ली पुलिससित सम्पर्क गऱ्यो। सूचना पाएपछि संयुक्त टीमले मीना बजारबाट मोहम्मद यासीनलाई पक्राउ गऱ्यो।

पक्रा परेको आरोपी मो. यासीन पेशाले लुगाको कारोबारी हो। उसले मीना बजारमा हवाला मनीको एक च्यानलको रूपमा काम गर्दछ। आरोपी विदेशहरूमा स्थित श्रोतहरूबाट धन एकत्र गरेपछि त्यसलाई अघि जम्मू-कश्मीरमा आतङ्कवादी गुटहरूलाई वितरित गर्दछ। सोधपुछमा उसले खुलासा गऱ्यो कि हवालाको पैसा दक्षिण अफ्रिकाको माध्यमबाट सुरत र मुम्बईबाट भारत आउँछ। मो. यासीन यस हवाला श्रृंखलामा दिल्लीको लिङ्क थियो र दिल्लीबाट यस राशिलाई अलग-अलग कोरियरको माध्यमले जम्मू-कश्मीरमा स्थानान्तरित गर्ने गर्थ्यो। यो राशि अघि जम्मू-कश्मीरमा प्रतिबन्धित आतङ्की संगठन लश्कर-ए-तैयबा र अल बद्रका सहयोगीहरूलाई दिइन्छ। हालमा उसले २४ लाख रूपियाँ आतङ्की सहयोगीहरूलाई दुई अलग-अलग कोरियरको माध्यमले दिएको थियो। पक्रा परेका आरोपी अब्दुल हमीद मीरलाई उसले दिएको १० लाख रूपियाँ जम्मू-कश्मीर पुलिसले जफत गरेको छ जबकि बाकी सात लाख रूपियाँ दिल्ली पुलिसले मोहम्मद यासीनको घरबाट बरामद गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *