एनएच ५५ अन्तर्गत रंगटङ्गमा चर्किएको सड़क र तीनधारेमा प्वाँल परेको सड़क झट्टै मरमत्ति नगरे ठूलो पैह्रो जाने सम्भावना

photocollage_2022819201111955.jpg

खरसाङ: एनएच ५५ अन्तर्गत रंगटङ्गको १२ माइल फाटकमा सडक चर्किएकोले कुनै पनि समय निकै ठूलो पैह्रो जाने सम्भावना देखिएको छ। अहिले वर्खाको समय भएको कारणले लगातार पानी परिरहेको र उक्त चर्किएको ठाँउमा बर्खाको पानी पस्यो भने कुनै पनि समय ठूलो पैह्रो जान सक्ने सम्भावना देखिएको छ। यदि उक्त ठाउँमा पैह्रो गए एनएच ५५ वाधित बने तीनधारे र वरिपरिका गाउँहरुलाई यातायातमा धेरै असुविधा हुने सम्भावना देखिएको स्थानीयहरूले बताएका छन्। रंगटङ्गको उक्त ठाउँमा चर्किएको अवस्थामा रहेको सड़क समयमा नै मरमत्ति गरिए असल हुने नत्र पछि गएर यसको कारणले कुनै पनि समय ठूलो पैह्रो गए जनतालाई नै ठूलो असुविधा हुने देखिएको छ। उक्त चर्किएको सड़क मरमत्तिको लागि अहिलेसम्म कुनै मन्त्री, कुनै नेताहरु र कुनै विभागीय अभियन्ताहरुको नजर नगएको तीनधारे निवासी दिपक प्रधानले बताएका छन्। उनले बताए अनुसार यसलाई चाँडै नै मरमत्ति नगरे यसले भविष्यमा भीषण रुप लिन सक्ने पनि बताएका छन्। दिपक प्रधानले यो सडक भास्सिनुको कारण ड्रेनमा रेलवेको वाई फाई पाइप बिछ्याएकोले पनी सबै सड़कमा बगेर गएको बताउँदै यसमा तीनधारेवासीले पनि अावाज उठाए राम्रो हुने बताएका छन्। एनएच ५५ अन्तर्गत रंगटङ्ग क्षेत्रमा ठूलो पैह्रो गएको खण्डमा तीनधारे र वरिपरिका क्षेत्रहरूलाई धेरै असुविधा हुने र यसको लागि रंगटङदेखि तीनधारे कि चैं सिलगढी जानलाई गाड़ीहरूलाई ट्रान्सिप गर्नु पर्ने हुनाले भाड़ामा पनि बढोत्तरी हुन सक्ने सम्भावना रहने पनि बताएका छन्।
एनएच ५५ को रंगटङ्ग क्षेत्रमा मात्र होइन तीनधारेको गोलाईपाखास्थित ठूलो पैह्रोमा रहेको नयाँ सड़कमुनि पनि केही चर्किएको अवस्थामा रहेको छ।
एनएच ५५ अन्तर्गत तीनधारे गोलाई पाखामा रहेको ठूलो पैह्रोमाथि बनिएको नयाँ ठूलो सड़कमा खाड़ल परेको कारणले फेरी ठूलो पैह्रो जान सक्ने संकेत देखिएको स्थानीयहरूले बताएका छन्। एनएच ५५ अन्तर्गत तीनधारेमा गएको पैह्रोले एनएच ५५ लामो समयसम्म बन्द भएपछि गत वर्ष तीनधारेको पैह्रोमा सयौं करोड़ खर्चेर नयाँ सड़क निर्माण गरिएपछि यातायात सुचारु छ अनि तीनधारेवासी लगायत वरिपरि क्षेत्रहरूका जनसाधारणलाई धेरै सुविधा भएको छ। तर यस्तो वर्षाको समय नयाँ सड़कमा यत्रो ठूलो प्वाँल देखिएको कारणले फेरि पैह्रो गएको खण्डमा तीनधारे र वरिपरिका क्षेत्रहरूलाई धेरै असुविधा हुने सम्भावना देखिएको छ। त्यसैले पनि सड़कमा देखिएको प्वाँल झट्टै मरमत्ति गरियोस् ताकि फेरि कुनै ठूलो पैह्रो दिनदेखि जोगिएको होस् भनी स्थानीयहरूले बताएका छन्। तीनधारेको ठूलो पैह्रोमा बनिएको नयाँ ठूलो सड़कमा देखिएको उक्त प्वाँलमा पानी पसेको खण्डमा पैह्रो जाने खतरा उत्पन्न हुन्छ अनि पहिलेको जस्तै ठूलो पैह्रो गएको खण्डमा जनसाधानलाई ठूलै मार्का पर्नजान्छ। त्यसैले पनि एनएच ५५ अन्तर्गत रंगटङ्ग क्षेत्रमा रहेको चर्किएको सड़क अनि तीनधारेको ठूलो पैह्रो क्षेत्रमा बनिएको नयाँ सड़कमा भएको ठूलो प्वाँल सम्बन्धित विभाग र अधिकारीहरूले ध्यान दिएर झट्टै मरमत्ति गर्नु पर्ने आवश्यकता देखिएको छ। यसको लागि स्थानीय नेतृत्ववर्ग, जनप्रनिधिहरू र बुध्दीजिवीहरू साथै सचेतवर्गले पनि ध्यान दिन आवश्यक देखिएको छ ताकि तीनधारे क्षेत्रलाई पैह्रोको कारणले एनएच ५५ बन्द भएर ठूलो मार्का नपरेको होस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *