कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरीलाई सुकुनामा सम्बर्द्धना

0-IMG-20220819-WA0207

सिलगढी: स्वाधीनता सेनानी एवं राष्ट्रिय गीत ‘जन गण मन’ धुनका जनक कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरीलाई सुकुनामा विशेष कार्यक्रम आयोजना गरेर सम्मान जनाइएको छl कार्यक्रममा पूर्व शिक्षक सूर्यमणि शर्माले कप्तान राम सिंह ठकुरीको योगदान बारे व्यक्तव्य प्रस्तुत गरेl सम्भवत सुकुनामा खडा गरिएको कप्तान राम सिंह ठकुरीको सालिग भारतमा प्रथम हुनपर्छ होइन भने पनि उत्तरपूर्वीय भारतमा भने पक्कै प्रथम रहेको बताए। उनले भने, ‘चौकको नामकरण कप्तान राम सिंह ठकुरी चौक भन्ने कुरो स्वार्गीय एस.के. छेत्रीले २००३ मा गरेका हुन्l उनकै सक्रियतामा सालिग बनाउनु पर्छ भन्ने निर्णय गरिएको होl’ साहित्यकार नरबहादुर दाहालको अगुवाइमा दार्जीलिङका विभिन्न स्कूलहरुमा गरिएको अर्थ संग्रहमा स्कूलहरुले सहयोग गरेको उनले बताएl तत्कालीन सुकुनाका पंचायत प्रधान श्रीमती छिरिङ दाहालले सालिग निर्माणमा सहयोग गरेको बताउँदै उनको प्रशंसा गरे।  ‘त्यस समय सालिग निर्माण समितिले यति महत कार्य गरे पनि सालिग वर्तमान स्थानमा राख्न सकिएनl  हामीलाई सरकारबाट अनुमति प्रदान गरिएन र जसोतसो सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनको भवन अघि नै सालिग राख्ने निधो भएपछि सुकुना गेम्स एण्ड स्पोर्टस कमिटीका महानुभावले त्यस स्थानमा राख्ने अनुमति प्रदान गरेपछि हामीले सालिगलाई सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनको अघि सालिग राख्यौंl तत्कालीन खरसाङका महकुमा शासक भीष्म दासगुप्तको बाहुलीबाट सालिग अनावरण गरियो,’ उनले भने। ‘२००८ मा सुकुना गेम्स एण्ड स्पोर्टसका महासचिव सुरेन प्रधानको सक्रियता र सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनको सहयोगमा कप्तान रामसिंह ठकुरीको सालिग वर्तमान स्थानमा सारियो’, यसो भन्दै यो सुरेन प्रधानको प्रशंसा गरेl

कार्यक्रमको दोस्रो चरणमा कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरीलाई सम्बर्द्धना जनाइयोl सम्बर्द्धना पत्र कैलाश सुब्बाले पठन गरे भने वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट सम्बर्धना पत्र प्रदान गरियो।  त्यसैगरी हिन्दी साहित्यका वरिष्ठ साहित्यकार एवं ‘जन गण मन धुन के जनक कैप्टन रामसिंह ठाकुर’ पुस्तकका लेखक राजेन्द्र राजनलाई पनि सम्बर्द्धना पत्र कैलाश सुब्बाले पठन गरेर आई.के. मुखियाको बाहुलीबाट सम्बर्धना पत्र प्रदान गरियो। राजेन्द्र राजनलाई साहित्यकार नरबहादुर दाहाललाई हिमाचली टोपी र साल पहिराएर सम्मान जनाए अनि त्यसरी नै रमेश ठकुरीलाई पनि हिमाचली टोपी र साल पहिराएर सम्मान जनाए।

सुपरिचित व्यंग्यकार कृष्ण  प्रधानद्वारा सम्पादित अनि सुदीप गिरीद्वारा सम्पादित सुरेन प्रधानको जीवनी संकलन ‘नथाक्ने घोडा’को दोस्रो संस्करण सुरेन प्रधानले रमेश ठकुरीलाई भेंटस्वरूप दिए। कार्यक्रममा भूतपूर्व सैनिकका उपाध्यक्ष सुरेश सुब्बा, कोषाध्यक्ष श्याम गुरुङ, पूर्व सचिव धनेन्द्र प्रधान, रतन लामा, जनक गुरुङ, ईश्वर प्रधान र सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनका डी.बी. थापा, भीमबहादुर प्रधानलगायत सुकुना ग्राम वेल्फेयर समितिका नारीहरु उपस्थित थिए। यस बारेमा गोर्खा भूतपूर्व सैनिक अर्ध सैनिक संगठन सुकुना शाखाका अध्यक्ष मदन राणाले जानकारी दिएका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *