गाउँमा धनेश पक्षीलाई देख्दा मानिसहरु रोमाञ्चित

0-af2aa4b4-8f7a-4325-8c2b-730fc962f45f

कालचिनी: शुक्रबार बिहान करिब ९ बजे मेचपाड़ा ८ नम्बर गाउँको पुरानो लाईन चौपति स्थित बरको रुखबाट अचानक एउटा विशाल आकारको धनेश पक्षी सड़कमा देख्दा गाउँलेहरु अचम्भित बनेl पछि कहिले गाउँमा नदेखिएका धनेश पक्षी यसरी प्रत्यक्ष हेर्न पाउँदा प्रत्यक्षदर्शीहरु मानिसहरु रोमाञ्चित बने। उक्त धनेश पक्षी सम्भवतः अस्वस्थ्य भएको हुनाले जमीनबाट फेरि उड़ान भर्न नसकेको गाउँलेहरुले थाहा पाएपछि यसको जानकारी वन विभागलाई दिइयो।

घटनास्थलमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमअन्तर्गत पर्ने पाना रेञ्जका वनकर्मीहरु आएर उक्त धनेश पक्षीलाई उद्धार गरेर लगेपछि राजाभातखावास्थित पशु चिकित्सा केन्द्रमा लगेर यसको उपचार गरेर पुनः बक्सा जङ्गलमा छोड़ेको वन विभागले जनाएको छ। विरल प्रजातिको श्रेणीमा पर्ने यो धनेश पक्षीलाई प्रायः गाउँमा नदेखिएको लगभग ५० वर्ष भइसकेको गाउँले वयोवृद्ध मानिसहरुले जनाएका छन तर विगत केही महीनादेखि धनेश र हंग्रायो पक्षीको विचरण मेचपाड़ा चियाबारीको कतिपय सेक्सनहरुमा भईरहेको श्रमिकहरुले दाबी गरेका छन्। शायद यसै विचरणको क्रममा अस्वास्थ्य भएको धनेश पक्षी शुक्रबार बरको गाँछबाट तल झरेपछि उड़न नसकेको हुनसक्ने गाउँलेहरुले बताएका छन्। यता उक्त धनेश पक्षीलाई सकुशल उपचार गरेर बक्सा जङ्गलमा छोड़िएको वन विभागले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *